भाइरल तस्बिर : नाङ्गो हातले विशाल किंग कोब्रालाई समातिरहेका थिए अचानक कोब्राले बङ्गारा खोलेर झम्टिए पछि...

काठमाडौ । एक हृदयस्पर्शी भिडियोमा एक स्वयंसेवक कार्यकर्ताले आफ्नो खाली हातले विशाल किंग कोब्रा समातेको देखाउँदछ ।भिडियो थाइल्याण्डको हो ।

समाचार वेबसाइट थाइगरका अनुसार दक्षिणी थाई प्रान्त क्राबीका स्थानीयहरूले सर्पले आफ्नो बगैंचामा छिरेर सेप्टिक ट्याङ्कीमा लुक्न खोजेपछि अधिकारीहरूलाई जानकारी गराएका थिए।

विशाल कोबरा ४.६ मिटर (लगभग १४ फिट) मापन गरिएको थियो । १० किलोग्राम भन्दा बढी वजन थियो।सर्प समात्न आओ नाङ उपजिल्ला प्रशासनिक संस्थाका स्वयम्सेविका सुती नयवादलाई करिब २० मिनेट लागेको थियो । ४० वर्षीय नयवादले पहिले सर्पलाई खुला सडकमा घुमाएपछि समात्ने प्रयास गरे

उनले फेसबुकमा एक भिडियो साझा गरे जसमा किङ कोब्रालाई पक्रने सबै प्रयास असफल भएको देखाइएको छ। एकपटक भने सर्पले आफ्नो बङ्गारा खुला राखेर अगाडि बढ्यो तर नयवाद बच्न सफल भए ।

स्थानीय रिपोर्टका अनुसार सर्प समात्नेले किङ कोब्रालाई समातेर प्राकृतिक बासस्थानमा सुरक्षित रूपमा छाडिएको बताएको छ । हालै स्थानीयले अर्को कोब्रा मारेकाले सर्पले आफ्नो साथी खोजेको उनको भनाइ छ ।नयवादले अरुलाई पनि सर्प समात्न नदिन सचेत गराउदै आफ्नो सीप वर्षौंको तालिमबाट आएको बताए । त्यसैले यो भिडियो हेरेपछि कसैले पनि सर्प समात्ने प्रयास नगर्नु होला।

किंग कोबरा एक विषालु सर्प प्रजाति हो, जुन दक्षिणी र दक्षिण–पूर्वी एशियामा पाइन्छ। यो संसारको सबैभन्दा लामो विषालु सर्प हो, जसको औसत लम्बाइ १० देखि १८ फिट हुन्छ। रेकर्डमा रहेको सबैभन्दा ठूलो किंग कोबरा (१८ फिट र ४ इन्च) थाइल्याण्डमा समातिएको थियो, जहाँ सर्पहरूको ठूलो जनसंख्या छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post