काठमाडौंबाट डरलाग्दो गिरोह पक्राउ ! स्कर्पियो गाडीमा एक व्यक्तिलाई…

काठमाडौंको सिनामंगलबाट अपहरण गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। एक व्यक्तिको अपहरण गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ।

गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।बिहीबार राति ८ बजे काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकबाट बा १६ च ४७७३ नम्बरको स्कार्पियो गाडीमा चार/पाँच जनाको समूहले एक व्यक्तिलाई जबरजस्ती गाडीमा हालेर लगेको भन्ने खबर प्रहरीलाई आएको थियो।

त्यसपछि मेट्रो कन्ट्रोल कक्षबाट काठमाडौंका सबै इकाइलाई खबर गरी अलर्ट बनाइएको मैनालीले बताए। पछि प्रहरी वृत्त गौशाला र ट्राफिक प्रहरी गौशालाको टोलीले साढे ८ बजे नै काठमाडौं महानगर-९ पानो बानेश्वरस्थित सडकबाट नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा सुर्खेत घर भई भक्तपुर सानोठिमी बस्ने २३ वर्षीय निरज केसी, चितवन घर भई ललितपुरको चाँगाथली बस्ने २६ वर्षीय सौजन्यसिंह ठकुरी, भक्तपुर ठिमीका २४ वर्षीय आशिष कोजु, रुकुम पश्चिम घर भई सानोठिमी बस्ने २६ वर्षीय शिव सज्जन वली र सिन्धुपाल्चोकका २५ वर्षीय सन्तोष न्यौपाने छन्।

प्रहरीले अपहरण गर्न प्रयोग भएको बा १६ च ४७७३ नम्बरको गाडी नियन्त्रणमा लिएको छ। काठमाडौं जिल्ला अदालतबाट उनीहरूलाई दिन ५ हिरासतमा राख्न अनुमति प्रहरीले पाएको छ।

उनीहरूमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१७ को देहाय २११ को अपहरण गर्न नहुने कसूरमा प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post