शुक्रबार देखि बूढी खोलामा बेपत्ता भएकी बालिकाको शव यस्तो अवस्थामा भेटियो

मोरङ / मोरङको बूढीगङ्गा गाउँपालिका–२ स्थित बूढी खोलामा बेपत्ता भएकी एक बालिका मृत फेला परेकी छन् । मजुलम मियाकी ८ वर्षीया

छोरी रुसिना खातुन पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो बूढी खोलामा बेपत्ता भएकी थिइन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले मृत फेला पारेर रुसिनाको शव खोलाबाट बाहिर निकालेको छ ।

बालिकाको खोजीमा सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपाने र सहायक निरीक्षक लेखजङ्ग कार्कीसहितको गोताखोर टोली परिचालित थियो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार गोताखोर टोलीले मृत फेला पारेर बालिकाको शव खोलाबाट साँझ ६ः४५ बजेतिर बाहिर निकालेको हो । दिदी सुहाना खातुनसँगै पौडी खेल्न पसेका बेला रुसिना खोलामा बेपत्ता भएकी थिइन् ।

सुहाना भने बाहिर निस्कन सफल भएकी थिइन् । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post