
एजेन्सी । आफुले रोजेको केटासंग विवाह गरेकी छोरीको आमाले नै ज्यान लिएको घटना सार्वजनिक भएको छ । आमाले छोरासंग मिलेर छोरीको ज्यान लिएको खुलेको हो ।
यो घटना भारत महाराष्ट्र राज्यस्थित स्थित औरंगावाद जिल्लामा भइको हो । गोयगाउँमा आफ्नै आमा र भाइले एक गर्भवती महिलाको घाँ टी रे टे को घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।१९ वर्षीया ती युवतीले परिवारको इच्छाविपरित आफ्ना प्रेमीसँग विवाह गरेकी थिइन् । आफै विवाह गरेको भन्दै माइती पक्ष रु ष्ट थिए । गर्भवती रहकी उनलाई माइतीले सहन सकेनन् ।
परिवारको राजिखुसी विपरित विवाह गरेका कारण घटना भएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।आइतबार भएको सो घटना तीन दिनपछि सार्वजनिक भएको बताइएको छ।
ती महिला दुई महिनाको गर्भवती भएको र उनी गर्भवती भएको खबर भाइ र आमा दुवैलाई मात्र थाहा भएको अनुसन्धानबाट खुलेको छ।ति युवतीका भाइ र आमाले घटना स्वीकार गरेको प्रहरीले बताएको छ। हालः दुवैलाई प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख छ।