काठमाडौंकाे दरबारमार्गमा भाग्यले बाँचिन महि

बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते,काठमाडौंकाे दरबारमार्गमा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते भएकी छन् ।

नारायणहिटी दरबारको दक्षिण ढोका अगाडी मातातीर्थबाट कपनतर्फ गइरहेको यात्रुबाहक बसले आज (आइतबार) बिहान हात्तीसारतिरबाट आईरहेको स्कुटरलाई ठक्कर दिएको हो । बसको ठक्करबाट स्कुटर चालक संगिता खड्का गम्भीर घाइते भएकी छन् ।

उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बससँग ठोक्किएको स्कुटर बसमुनि घुसेको थियो । तर स्कुटर चालक हाम्फाल्न सकेकाले उनको ज्यान बाचेको ट्राफिक प्रहरीले बताएको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणममा लिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post