आगोसहितको चट्याङ्ग खस्दा एक घर जलेर नस्ट

उदयपुरको ताप्ली गाउँपालिका-१ पिपल भञ्जाङमा मंगलबार बेलुका चट्याङ्गसहितको आगोको मुस्लो झर्दा करिव ११ लाख बराबरको क्षति भएको छ।बेलुकी करिव ५ बजेको समयमा अकास्मात।

आकाशबाट आगोसहितको चट्याङ्ग पर्दा स्थानीय टंकबहादुर हमालको एक घर र अर्जुन सुनवारको एक हल गोरु र एक गाईको मृत्यु भएको छ।आगालागीबाट हमालको घरका सबै समान अन्नपात, लत्ताकपडा, भाँडा, नगद र चाँदी गरी १० लाख २० हजार बराबरको धनमाल जलेर खरानी भएको स्थानीय तोपबहादुर ठकुरीले बताए।

त्यसैगरी सुनवारको ५० हजार बराबरको क्षति भएको उनले बताए। अकास्मात आगलागी भएका कारण घरबाट कुनै धनमाल निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post