
यिनी हुन मोरङकि ३३ बर्षिय कुमारि निरौला जो नशाको टिउमरबाट ग्रसित छिन् । हाल काठमाडौंको कपनमा बस्दै आएकि निरौलाको घरको आर्थिक अवस्था एकदमै धेरै नै दयनिय छ ।
सानैमा बुवा गुमाएकि निरौलाको एक भाइ छन् जो मानसिक रोगी रहेका छन् । आजभन्दा १६ बर्ष अगाडिबाट यो रोगबाट ग्रसित निरौलाले आफ्नो उपचारका लागि धेरै ठाउमा हार गुहार गरिन ,तर कतैबाट पनि सोचेजस्तो सहयोग पाइनन् ।
अहिले उनलाई कोठाभाडा तिर्न र खाद्यान्न जुटाउन पनि एकदमै धाउधाउ भएको छ । यहि महिनामा उनको अप्रेसन गर्नुपर्ने भएको छ तर उनिसंग भने आवश्यक रकम जुटिसकेको छैन । उनको टाउकोको भागमा घाटिमा टिउमर भएसगै उनिले कपाल छोट्याएसंगै सबैले तेस्रोलिङ्गि आदिइत्यादि भन्दै जिस्काउने पेच पर्ने गरि भन्ने गरेको पनि उनको गुनासो छ ।
शरिरमा रोगले दिएको पीडा अझ योभन्दा पनि घरमा भएकि बुढि आमा र मानसिक सन्तुलन गुमाएको भाइ सम्झेर निरौला छेदबिच्छेद भएकि छिन् । कहिबाट सहयोग मिल्छकि भन्ने आशामा निरौला ओछ्यानमा जीवन र मृ *त्युको दोसाधमा छट्पटाइरहेकि छिन् ।
हेर्नुस् भिडियो सामाग्री