काठमाडौंको वीर अस्पतालमा घट्यो अनौठो घटना : कहाँ गए ति पुरुष ?

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त अस्पतालबाट फरार भएका छन्।केन्द्रीय कारागार हुँदै वीर अस्पतालमा भर्ना भएका राजेश तिरूवा मंगलबार राति भागेका हुन्।

कारागार व्यवस्था विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार सिन्धुपाल्चोक जिल्ला कारागारबाट उनलाई शुक्रबार जिल्ला अस्पताल लगिएको थियो।

जिल्ला अस्पतालले उनलाई काठमाडौं रिफर गरेको प्रवक्ता ढकालले बताए। ‘सुरूमा हाम्रो कारागार अस्पतालमा पनि उपचार गराएको थियो,’ उनले भने, ‘त्यहाँबाट वीर अस्पताल लग्न भनेपछि भर्ना गरिएको थियो।

तिरूवालाई सिन्धुपाल्चोक जिल्ला अदालतले केही महिना अघि पुर्पक्षका लागि कारागार चलान गरेको थियो। उनको अहिले खोजी भइरहेको विभागले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post