चैते दशैं मानेर घर फर्कदै गरेका तीन जना सवार मोटरसाइकल दुर्घटनाः आमाको मृत्यु, दाजु बहिनी घाइते

काठमाडौ । एउटै मोटरसाइकलमा तीन जना यात्रा गरीरहेको अवस्थामा मोटरसाइकल दुर्घटनामा परेको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्मो

टरसाइकलमा बस्ने एकै परिवारका सदस्यहरु थिए । जसमध्य आमाको मृत्यु भएको हो भने दाई बहिनी भने घाइते भएका छन् । यो घटना दाङमा भएको हो ।

छोराले चलाएको मोटरसाइकलमा पछाडि बसेकी आमाको मृत्यु भएको हो। चालक दाजु र पछाडि बसेकी बहिनी घाइते भएका छन्। घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका( ८ बनगाउँमा बेलुका पौने ९ बजे दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते घोराही उपमहानगरपालिका(१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार राती सवा ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृतकका १९ वर्षीय छोरा रोहन हमाल र १६ वर्षीया छोरी सविना हमाल घाइते भएका छन्। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दाजु बहिनीको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

मोटरसाइकल बाटोमा थुपारेको बालुवामा परी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । चैते दसैं मानेर आफन्तको घरबाट नारायणपुर बजारतर्फ फर्किरहेका उनीहरू दुर्घटनामा परेका हुन्। घाइतेको अवस्था अचेत नै रहेको हुँदा थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post