भक्तपुरमा मोटरसाइकल दुर्घटना, ४ महिने शिशुको मृत्यु

काठमाडौ । भक्तपुरको नलिञ्चोकमा भएको मोटरसाइकल दुर्घटनामा चार महिने शिशुको मृत्यु भएको छ । साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश

०२ ०२१ प ६७६२ नं।को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं। १ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिनाकी छोरी लोसाङ डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते शिशुलाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा तीनै जना घाइते भएको बुद्ध र सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको परिसरले जनाएको छ। दुर्घटनामा बालिकाका बुवा २२ वर्षीय बुद्ध तामाङ र उनकी आमा २१ वर्षीय सुस्मिता तामाङ घाइते भएका थिए। उनीहरू डा। इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि घर फर्केका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post