
काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ। सोमबार तोलामा २ सय रुपैयाँले घटेको सुनको भाउ आजभने प्रतितोला ८०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज सुनको भाउ तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख १०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला १ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९९ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।