
उदयपुरको कटारी नगरपालिका ५ सिसाघारीमा चिर्पटको प्रहारबाट श्रीमतीको हत्या गरिएको छ । बिहान ४ बजे स्थानिय पोष्टराज दाहालले आफ्नी श्रीमती।
३८ वर्षीया नानुमाया दाहालको हत्या गरेका हुन् ।नानुमायाको शव कटारी अस्पतालमा पोष्टमार्टम गरि मृतकको भाईलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।मृतकका श्रीमान पोष्टराजलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरी निरिक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
झापामा मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- २ निवासी २९ वर्षीय सम्यम बजगाईँ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।