
यतिबेला टिकटकमा पुर्वका आमा छोरा निकै नै हिट छन् । ननक्विन आईडीबाट यि दुईले लामो समयदेखि टिकटकमा रमाईलो भिडियो हाल्दै आएका छन् ।
दर्शकहरुको मायाले हालसम्म आमा छोरालाई ११ लाख माथिले फलो गरिसकेका छन् । ननक्विनकी आमा भावना राई र छोरा बाुब पराजुलीले बाँदरलाई आफ्नो छोरा र भाई मान्छन् । बाँदर पनि मज्जाले टिकटक भिडियोहरु बनाउँछ । बाँदरका बिभिन्न क्रियाकलापहरुका कारण आमाछोराको चर्चा झनै बढ्दैछ ।
टिकटक रमाइलोका लागि हेरिन्थ्यो, घरमा बस्दा बस्दा बोर हुने, रमाइलोका लागि टिकटक हेर्दाहेर्दै सबै परिवार नै मिलेर कमेडी टाइपको बनाऔं भनेर लागियो, अहिले आएर फलोअर र लाइक्स पनि ह्वात्तै बढ्दै गएको छ ।’ उनले भनिन् ।उनले सन्देशमूलक तथा कमेडी खालको टिकटक बनाउनाले नै आफूहरू धेरैको रोजाइमा परेको जानकारी दिए ।
खासमा सन्देशमूलक र कमेडी नभइदिएको भए धेरैको रोजाइमा पर्दैनथियौं होला ।’ उनले भनिन्, ‘त्यही भएर हामीले दिने कन्टेनमा पनि मेन्टेन गर्दै आएका छौं, जस्तोपायो त्यस्तै, भिडियो पोष्ट गर्दैनौं ।
७ वर्षीय छोरालाई हिरो बनाउने लक्ष्य लिएको उनले खुलाइन् । ‘अहिले बाटो देखाउने हो, तर जसको इच्छा पनि आफ्नो छोरा हिरो नै होस् भन्ने चाहना हुन्छ, त्यही भएर हिरो नै बनाउने लक्ष्य लिएको हो, भनौं, कलाकार बनाउन चाहन्छु ।’ उनले थपिन् ।
यसअघि रोजबर्ड मन्टेश्वरमा पढ्दादेखि नै उनी केहीमा कुरामा हँस्यौली पनि गर्थे रे । ‘होइन यो त कलाकार पो हुन्छ कि क्या हो भनेर जिस्क्याउँथे’, उनले भनिन्, ‘पछि निकै चासो दिएपछि लागिपरयौं ।’ धरानस्थित होलिगार्डेनमा चार कक्षामा पढ्दै गरेका बाबु चित्र कोर्न पनि खप्पिस छन् ।
नृत्य, चित्रकला, खेलकुदमा भाग लिँदै आएका उनले भविष्यमा हिरो र बिजनेश म्यान बन्ने लक्ष्य लिएको बताए । उनी अभिनयमा निकै खारिएका छन् । बाबु पनि अहिले कोरोना महामारीका कारण फुर्सदमा छन्, यही फुर्सदमा अझै बढी भिडियो लगाउँदै आएको उनी बताउँछिन् । यसैबिच यि दुईको टिकटकमा अर्को एक बाँदर पनि थपिएको छ । शिशिर भण्डारीले लिनुभएको आमा, छोरा र
बाँदरसँगको यो कुराकानी हेर्नुस