सिन्धुपाल्चोकमा माओवादी कार्यकर्ताले गरे निर्वाचन अधिकृतको कार्यालयमा ढुंगामुढा

सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड भएको छ।माओवादी केन्द्रको उम्मेदवारबीच टिकटको विषयमा विवाद भएपछि झडप भएको हो।

झडप पछि कार्यकर्ताहरूले कार्यालयमा तोडफोड गरेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए।झडप भएपछि प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेको छ। प्रहरीले दुई सेल अश्रुग्यास समेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

एउटै पार्टीका दुई पक्षबीच विवाद भएको हो,’ उनले भने,‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ।’त्यहाँ माओवादी केन्द्रमा टिकट नपाएपछि निवर्तमान मेयर अमान सिंह तामाङले स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यसक्रममा ढुंगामुढा भएको प्रहरीले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा टिकट

पाउने र नपाउने समूहबीच झडप भएर निकै क्षति भएको छ। कार्यालयमा तोडफोड पनि भएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘ एक घण्टादेखि तनावग्रस्त थियो अहिले विस्तारै साम्य हुने क्रममा छ। म पनि अघि देखि यहीँ छु।आफूहरू जोगिनको लागि अझै पनि भित्रै थुनिएर बसेको उनले बताए।

अहिले हामी भित्रै थुनिएर बसेका छौं। छलफल पनि हुन सकेको छैन। छलफल गर्ने भन्दा पनि हामी ज्यान बचाउन भित्र बसिरहेका छौं,’ उनले भने।कार्यालय भित्र उनीसँगै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकारीसहितको टोली रहेको उनले बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post