
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको रहस्यमय तरिकाबाट मृत्यु भएको खबर बाहिरिएको छ । २९ वर्षीया अमृता खत्री वि’ष से’व’नबाट मृत्यु भएको प्रहरीले बताएको छ ।
अमृताको श्रीमान्ले नै ह’त्या ग’रे’को माइती पक्षले दाबी गरेका छन ।बुधबार तिलोत्तमाको जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टानबित्दै उनको मृत्यु भएको माइती पक्षको भनाइ छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ भेटनरी लाइनमा २९ वर्षीय युवतीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले विरोध प्रदर्शन गरेका छन् । बुधबार राति करिब पौने १० बजे विष सेवन गरेको अवस्थामा भेटिएकी २९ वर्षीया अमृता टण्डनको उपचारको क्रममा मृत्यु भएको हो ।
अमृतालाई परिवारकै सदस्यले ह’त्या ग’रे’र छिमेक र प्रहरी कसैलाई खबर नगरी वि’ष से’व’न ग’रेको बहाना बनाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको माइती पक्षको आरोप छ । गत भदौमा पटकपटक यातना पाएपछि कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । उनीहरुको ५ बर्षीय एक छोरा पनि छ ।
मृतकका दाजु पुष्पक खत्रीका अनुसार अमृताले बुधबार राति ९ बजेर ३२ मिनटमा अनिताले दाजु पुष्पकलाई बचाउन र घरबाट निकाल्न अपिल गर्दै म्यासेज लेखेकी थिइन् । म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै थिए । तर, उनको मोबाइल अफ थियो । करिब १० बजेर १५ मिनेटपछि श्रीमान प्रेमले बिरामी भएको भन्दै मईती पक्षलाई अस्पतालमा बोलाएका थिए । यहि आधारमा माईति पक्षले अमृताको श्रीमान्ले नै ह’त्या ग’रे’को माइती पक्षले दाबी गरेका हुन् ।