वि.सं. २०७८ चैत्र २६ गते शनिवार तदनुसार ई. सं. २०२२ अप्रिल ०९ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४३, (चौलाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:४१ बजे र सूर्यास्त : साँझ ०६:१६ बजे, चन्द्रोदय : दिउँसो ११:५० बजे र चन्द्रास्त :
मध्यरात्रीपूर्व ११:३६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:४८ बजे र सूर्यास्त : साँझ ०६:२५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०६:३१ बजे, चैत्र शुक्लपक्षको अष्टमी तिथि, मध्यरात्रीपूर्व ११:०१ बजेसम्म, त्यसपछि नवमी तिथि, पुनर्वसु नक्षत्र, मध्यरात्रीपछि ०२:२८ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा मिथुन राशिमा, साँझ ०७:५२ बजेसम्म, त्यसपछि कर्कट राशिमा, अतिगण्ड योग, बिहान ०९:५२ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा विष्टि/भद्रा करण बिहान १०:०४ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपूर्व ११:०१ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : छत्र, चन्द्रवर्ण : पहेंलो (साँझ ०७:५२ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा :
पश्चिम (साँझ ०७:५२ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : ईशान (मध्यरात्रीपूर्व ११:०१ बजेसम्म), त्यसपछि पूर्व, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०८:४४ पछि, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आज : वासन्ती नवरात्रअन्तर्गत अष्टम दिवस (श्री महागौरी भगवतीको पूजादि), अष्टमी व्रत, गोरखकाली पूजा, चैत्राष्टमी, चैते दशैं, भवानीको उत्पत्ति, श्री श्वेतमत्स्येन्द्रनाथ रथयात्रा (जमयात), अशोकको पाउला खाने दिन, आजको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), द्रव्यप्रयोग वा लगानी, कलशचक्र (द्रष्टव्य : भद्रा विचार गरी कार्य गर्ने)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २७ गते : वासन्ती नवरात्रअन्तर्गत नवम दिवस (श्री सिद्धिदात्री भगवतीको पूजादि), श्री राम नवमी व्रत, श्री राम जयन्ती, श्री राम यात्रा, वासन्ती नवरात्रको समापन, भक्तपुरमा भैरवभद्रकाली रथयात्रा प्रारम्भ, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), कलशचक्र २८ गते : मूहुर्त : ब्रतबन्ध (उपनयन), अक्षरारम्भ, कलशचक्र, २९ गते : श्री कामदा एकादशी व्रत, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र (द्रष्टव्य : मृत्युवाण विचार गरी कार्य गर्ने)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै कोर्स अधुरो छ वा कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गर्नुस्, अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । नयाँ योजना सुरु गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक सुधार हुनेछ । तर पुराना साथीभाइ वा दौंतरीको काममा दौडधूप गर्ने समय हो, हुनसक्छ, यतिवेला बाल्यावस्थाका स्वर्णिम पलहरू पनि स्मरणमा आउने छन् । सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्न सक्छ, तर आज आयस्तर बढाउने चिन्तनलाई व्यवहारसापेक्ष बनाउनु राम्रो हुन्छ ।
आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । तपाईंभित्र निर्णय गर्ने, न्याय गर्ने र विशेष काम गर्ने अद्भूत क्षमता देखा पर्नेछ । आज तपाईंको बोलीमा समेत विशेष प्रभाव देखिने छ, मुखैका माध्यमले कुनै गतिलो काम बनाउन सक्नुहुन्छ । पैसा खर्च गर्ने मामिलामा सतर्क रहने समय हो । उत्पादनमूलक र खाद्यान्नका व्यवसायमा बढी फाइदा हुनसक्छ । बोली र आचरणमा पनि संयमता अपनाउनु राम्रो हुन्छ ।
आजको भाग्यबल ८० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनदाय कुबेराय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ, तर अल्छी गर्नु राम्रो हुँदैन । जोशजाँगर र नयाँ उत्साह जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर अहङ्कारबाट टाढा रहनु र आफ्नो दृष्टिकोणलाई प्रष्टसँग राख्नु समुचित हुनेछ ।
आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अञ्जनीसुताय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रामरमाइलो गर्न खोज्दा तोकिएको जिम्मेबारीप्रति ध्यानकेन्द्रित हुन सक्दैन । त्यस्तै कुनै पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित हुनुपर्छ भन्ने धारणा राख्नु राम्रो हुन्छ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित बन्नाले काममा निष्ठाको कमी हुनेछ । सिनियर्स वा आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् ।
आजको भाग्यबल ०५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उन्नतिपथमा देखापर्ने हरेक समस्याको सामना गरेर एउटा छुट्टै पहिचान कायम राख्न सफलता पाउने दिन हो, तर निराशा र खिन्नताबाट टाढा रहने प्रयत्न गर्नुका साथै आफ्नो काममा ध्यानकेन्द्रित गर्नु जरुरी देखिन्छ । दुबिधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ, हिसाबकिताब नै तपाईंको काम हो भने सजगता अपनाउनु पर्छ, सेवाग्रहीसँग नम्र बोलीको प्रयोग गर्नुहोला । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् ।
आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वैभवलक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हुनसक्छ, सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रूचिअनुसार व्यवहार गर्ने समय छ । अहिले गरेको मिहिनेतले भविष्य सुध्रने सङ्केत छ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो, अत: प्रतिष्ठा बढाउने कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । स्थायी सम्पत्तिको कामले ठूलो लाभ दिनसक्छ, बेरोजगारी हटाउने प्रयास सफल हुनेछ ।
आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विश्वकर्मणे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आपसी सम्बन्ध भावी जीवनका लागि सुखद बन्ने सङ्केत छ, वैवाहिक जीवनमा रूपान्तरित हुन योजना बनाउने समय हो । व्यक्तित्व विकासको चिन्ता बढ्ने दिन छ । नयाँ सीप वा ज्ञान प्राप्तिका निमित्त अवसर मिल्नेछ, जागरूकता देखाएमा भाग्यले साथ दिने समय हो । धार्मिक/सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण आम्दानीमा कमी आउने छैन ।
आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सुराचार्याय नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भावनामा भौंतारिंदा वा मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी शान्त र संयम भई आफ्नो काममा निरन्तरता दिनु राम्रो हुन्छ । गोपनीयता बाहिरिनाले सामान्यतया तनाव हुनसक्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुनेछ । यद्यपि आज मौजमज्जा र आनन्दको तिर्सना जाग्नसक्छ ।
आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । आफ्नो काममा मात्र एकोहोरिएर लागिपर्नु भन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । तर पार्टनरसमक्ष कुनै कुरो राख्ने योजना छ भने केही समय पर्खिएको जाति हुन्छ ।
आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कामाक्षीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्ना विरोधी र शत्रुहरूप्रति अनुदार र उद्दण्ड बन्ने दिन छ, आवेशमा आएर गैरकानूनी र असामाजिक काममा संलग्न नहुनुहोला । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । दैनिक कामधन्दामा जीवनसाथी र सन्तानको सहयोग प्राप्त हुनेछ । तर ससाना कुरामा पनि बहस र विवाद हुनसक्ने समय भएकाले भरिसक्य कम बोलेको जाति हुन्छ ।
आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : ध्वाँसे/कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नम: न्यूनतम जापसङ्ख्या : १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ज्ञानगुन, शिक्षादीक्षा एवं धार्मिक/आध्यात्मिक विषयवस्तु प्रतिको आकर्षण बढ्ने दिन हो, शैक्षिक क्षेत्रमा हो भने राम्रो प्रतिफलसमेत हात पर्नेछ । व्यापारमा परिवर्तन गर्ने वा नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने दिन हो, भावना र इच्छाहरूको कदर हुने समय छ । नयाँ अनुभव वा ज्ञानप्राप्तिका लागि राम्रो दिन छ ।
आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भुवनेश्वर्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारका सदस्यहरूबाट अनुकूल व्यवहारको आशा गर्न सकिन्छ । बन्दव्यापारमा राम्रो छ। नयाँ र नौला व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । शरीर स्वस्थ रहनुका साथै चिन्तामा कमी आउनेछ, तथापि कुनै पनि काममा हतार र शीघ्रता गर्नु हुँदैन । सहयोगी वा जुनियर कर्मचारीका कुरा सुनेमा वा सहयोग लिएमा कुनै काम सम्पादन गर्न सघाउ पुग्नेछ, घरपरिवारमा पनि अर्काको भावना बुझ्ने कोसिस गर्नुपर्छ । परिबन्द र बाध्यतामा खुम्चनुपर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन् नरमाइलो लाग्नसक्छ ।
आजको भाग्यबल २० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलपूजितायै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )