काठमाडौंको कलंकीमा नसोचेको भयो ! कस्तो छ ६ जनाको अवस्था ?

कलंकीमा कारले स्कुटर र मोटरसाइकललाई दियो ठक्कर, पैदलयात्रुसहित ६ घाइते – कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चालकसहित ६ जना घाइते भएका छन्।

कालीमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले रोकिराखेको स्कुटर र गुडिरहेको २२० पल्सरको मोटरसाइकललाई ठक्कर दिँदा २ चालक र ४ पैदलयात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले जनाएको छ।

सुर्खेत घर भई हाल बत्तीसपुतली बस्ने खगेन्द्रप्रसाद अधिकारीले कार चलाएका थिए। घटना बिहीबार दिउँसो साढे १ बजेतिर भएको हो।घाइतेहरूको कलंकीस्थित सहिद मेमोरियलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कार चालकको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको भने पहिचान खुलिसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post