दाङमा बुहारीले गरिन ६५ बर्षकी सासु गंगी कवँरको यसरी गरिन हत्या

सासुको हत्या गरेको आरोपमा पश्चिम दाङमा बुहारी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–७ रावततारा निबासी २२ बर्षकी जमुना कवँर रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

जमुनाले हसियाँ र चक्कु प्रहार गरी ६५ बर्षकी सासु गंगी कवँरको हत्या गरेकी थिइन् । मंगलबार दिउँसो २ बजे शान्तिनगर गाउँपालिका–६ स्थित कोरबाङको नर्सरीमा मृत फेला परेकी गंगीको हत्या भएको निकर्षमा प्रहरी पुगेपछि बुहारीलाई सोधपुछका लागि सोही दिन साँझ नियन्त्रणमा लिएको थियो ।

बुहारीले आफुले नै हत्या गरेको स्वीकार गरेकी थिइन् ।रोजगारीको सिलसिलामा स्याङजा बस्दै आएका श्रीमानले तुलसीपुर बजारमा कोठा भाडमा बस्दै आएकी श्रीमतीलाई घरमा गएर बुवाआमासंग बस्नुपर्ने भनेपछि सासु–बुहारी बिच मनमुटाव बढ्दै गएको थियो ।

सासु एकघन्टा अघि खेतमा मसुरो काट्न गइन । त्यसको आधा घन्टापछि तरकारी काट्ने चुक्क लिएर गएकी बुहारीले आक्रमण गरेर सासुको हत्या गरिन् ।’ ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नविन चुडालीले भने ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post