यिनै हुन् आज बिहान बाबासँग बिद्यालय जादै गर्दा टिपरले कि’चेर मा’रेका श्रेया र सृष्टि

स्कुल बस छुटेमा छोरीहरुलाई आफैंले विद्यालय पुर्‍याउनु पर्ने भएपछि बुधबार बिहान हतारमा थिए रोहन तामाङ। गोकर्णेश्वर नगरपालिका-१ श्वेतवारही मन्दिर नजिकै छ उनको घर।

८ वर्षीया ठूली छोरी सृष्‍टि वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा कक्षा २ मा पढ्थिन्। ४ वर्षकी श्रेयालाई पनि को’रोना महामारीपछि लकडाउन खुलेसँगै यही वर्ष त्यही स्कुलको नर्सरी कक्षामा भर्ना गरेका थिए। रोहन पनि दुई छोरीलाई बिहानै मोटरसाइकलबाट बस स्टपसम्म लैजान्थे​।

त्यहाँ पुग्न मोटरसाइकलमा १० मिनेट जति लाग्छ। कहिलेकाहीँ ढिला पनि हुन्थ्यो। ‘ढिला भएर बस छुटेमा चार किलोमिटर छिचोलेर विद्यालयसम्म दुवै छोरीलाई मोटरसाइकलमै ल्याउनु हुन्थ्यो’, प्रिन्सिपल निराजन सेढाईले भने। बुधबार पनि उनको यही शिलशिला चलेको थियो

र, यो पटक सधैँजस्तो भएन, रोहन छोरीहरू लिएर बस स्टपसम्म पनि पुग्न पाएनन्। काठमाडौंका धेरैजसो भित्री बाटोमा विद्यालयका बस पुग्दैनन्। अभिभावकले छोराछोरीलाई आधा बाटोसम्म आफैँ पुर्‍याउनुपर्छ। उनी बसेको क्षेत्रमा सडक कालोपत्रे हुँदैछ ।

कालोपत्रे हुँदै गरेको त्यही सडकमा बालुवा बोकेको टिपर अगाडि गुडिरहेको थियो। रोहन पछि पछि। गुडिरहेकै बेला विपरीत दिशाबाट आएको गाडीलाई बाटो पुगेन। अचानक बा४ख ६९६५ नम्बरको टिपर ब्याक हुन थाल्यो, रोहनले बाइकको हर्न बजाइरहे।

ब्याक भएको टिपरले उनको हर्न नै सुनेन। अनि उनीहरुलाई किचेरै छाड्यो। टिपरले ठेलेपछि बाइकबाट ख’सेका छोरीहरू त्यसकै टायरमा परे। घटनास्थलमै उनीहरुको प्रा’ण प’खेरु उ’ड्यो। अरु विद्यार्थी लिएर नजिकै स्कुल बस कुरिरहेको थियो ।दु’र्घटनामा परिसकेकाले रोहन बस स्टपसम्म पुग्न पाएनन्।

सृष्‍टि र श्रेयालाई कुरिरहेको बस उनीहरु नआएपछि स्कुलतिर लाग्यो। यता टिपरले दिदी बहिनीको ज्यान लिएपछि एकैछिनमा टोलभरी ह’ल्लाखल्ला मच्चियो, शो’कमा डु’ब्यो। त्यही टिपरले किचेर ग’म्भीर घा’इते भएका रोहनलाई नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको छ।

दुई बालिकाको ज्यान लिएपछि आ’क्रोशित स्थानीय र आफन्तले टिपरमा आ’गजनी गरे। टिपर चालक तत्कालै फरार भए। सडकमा टायर बल्यो, मेलम्ची चोकमा सडक बन्द गरियो। स्थानीयलाई तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्याससमेत हानेको छ।

यता विद्यालयमा पनि पढाइ भएन। ‘सबै विद्यार्थीलाई रोकिराखेका छौं। बाहिर अवस्था त’नावपूर्ण छ। विद्यालयमा रूवाबासी छ’, सेढाईले भने, ‘बाहिरको अवस्था साम्य भएपछि विद्यार्थीहरु छाड्छौँ।’अहिले दुई पक्षबीच वार्ताको तयारी भइरहेको प्रहरी चौ’की मेलम्चीका सई देव सागर तामाङले बताए। उ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post