बजाई देउ”पछी समिक्षाको “हागाको फुल”नामक गीत सार्वजनिक,यस्तो छ गीतको कथा र व्यथा (भिडियो हेर्नुस्)

गायिका समीक्षा अधिकारीको आवाजमा रहेको हाँगाको फुलले प्रेमका नाममा प्रेमीकालाई धोका दिने युवा जमातहरुको मार्मिक र यर्थाथ विषयलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ ।

प्रेमीलाई आफ्नै ठानेर मनको घडेरी दिएपनि समयसँगै प्रेमी फेरीएको र बिचबाटोमा नै धोका दिएको कथालाई निर्देशक बिक्रम चौहानले गज्जबसँग भिडियोमा प्रस्तुत गरेका छन् । भिडियोमा टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल बिना राउत र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ।

दिनेशराज पुरीको शब्द शृजनामा नबिन कार्कीको संगीत रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका हुन् ।केही समय अघि मात्रै गायक सुभाष पुरी र गायिका समीक्षा अधिकारीको आवाजमा ‘बजाई देउ’ बोलको गीत बजारमा आएको थियो । जसको व्यापक चर्चा भएको थियो ।

भिडियोमा हेर्नुहोस्:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post