होलीकै दिन बैठक बसिरहेका ७ महिलाहरु घाईते, ३ जनालाई काठमाडौं ल्याईयो

काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् ।बद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता।

चौलागाईं गम्भीर घाइते भएकी काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।उनका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको छ’ मैनालीले भने ।

होलीकै दिन सहकारीको बैठक बसिरहेका ७ महिलाहरु घाईते, ३ जनालाई काठमाडौं ल्याईयो – सोलुखुम्बुको सोताङ गाउँपालिका–५ मा घरकाे बार्तली भाचिँदा ७ जना घाइते भएको जनाईएको छ । बिहिबार बिहान करिब ९ बजेको समयमा लालिगुराँस सहकारी संस्थाको भवनको बार्तली भाँचिदा ७ जना घाईते भएका हुन् ।

घाइते हुनेहरुमा सोताङ गाउँपालिका-५ की ३५ वर्षीया हरिमाया बस्नेत, वडा नम्बर ३ की ३५ वर्षीया सबिना कुुलुङ र ३० वर्षीया पार्वती बस्नेत, वडा नम्बर-३ की ४५ वर्षीया राधा बस्नेत, वडा नम्बर ५ की ३५ वर्षीया मनकुमारी कार्की, ५५ वर्षीया रीता बस्नेत र वडा नम्बर ३ की ५५ वर्षीया निरु गौतम रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरीले जानकारी दिएका छन्।

घाइतेमध्य सोताङ गाउँपालिका-५ की ३५ वर्षीया हरिमाया बस्नेत, वडा नम्बर ३ की ३५ वर्षीया सबिना कुुलुङ र ३० वर्षीया पार्वती बस्नेतको अवस्था गम्भिर भएका कारण थप उपचारका लागी हेलीकोप्टर मार्फत काठमाण्डौ पठाइएको सोलुुखुम्बु प्रहरीले जनाएको छ । सरकारीको मासिक बैठकमा सहभागी हुने क्रममा बार्तली भा’चिएको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post