कठै! मेरा दुई छोरी नै मा”रिदियो , अब म कसरि बाचु हे भगवान भन्दै आमा बेहोस (हेर्नुहोस् भिडियो) 

गोकर्णेश्वर नगरपालिका-१ श्वेतबराही मन्दिरनजिकैको तामाङ गाउँका ३१ वर्षीय रोहन घिसिङ बुधबार बिहान ८ बजे दुई छोरी लिएर बस स्टपसम्म जाँदै थिए। बा ५१ प ८७३३ नम्बरको उनको मोटरसाइकलको पछाडि ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेया बसेका थिए।

सृष्टि कक्षा २ मा पढ्थिन्। श्रेया यसै वर्ष नर्सरीमा भर्ना भएकी थिइन्। दुबै छोरीलाई घिसिङ सधैं मोटरसाइकलमा राखेर बस स्टपसम्म जान्थे। सृष्टि र श्रेया पढ्ने सोही नगरपालिका-४ मा रहेको वर्ल्ड युथ इन्टरनेसनल स्कुल हो।त्यहाँ पुग्न मोटरसाइकलमा १० मिनेट जति लाग्छ। कहिलेकाहीँ ढिला पनि हुन्थ्यो। ढिला भएर बस छुटेमा चार किलोमिटर छिचोलेर विद्यालयसम्म दुवै छोरीलाई मोटरसाइकलमै ल्याउनु हुन्थ्यो’, प्रिन्सिपल निराजन सेढाईले भने।

बुधबार पनि उनको यही शिलशिला चलेको थियो। तर, यो पटक सधैँजस्तो भएन, रोहन छोरीहरू लिएर बस स्टपसम्म पनि पुग्न पाएनन्। काठमाडौंका धेरैजसो भित्री बाटोमा विद्यालयका बस पुग्दैनन्। अभिभावकले छोराछोरीलाई आधा बाटोसम्म आफैँ पुर्‍याउनुपर्छ।८ वर्षीया ठूली छोरी सृष्‍टि वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा कक्षा २ मा पढ्थिन्।

४ वर्षकी श्रेयालाई पनि महामारीपछि लकडाउन खुलेसँगै यही वर्ष त्यही स्कुलको नर्सरी कक्षामा भर्ना गरेका थिए। वडाध्यक्ष राम मानन्धरका अनुसार घिसिङ चढेको मोटरसाइकललाई घरबाट निस्केको केहीबेरमै टिपरले ठक्कर दिएको थियो।

सोही वडाको मेलम्ची चोकस्थित बराही मन्दिरछेउ पुग्दा उनी चढेको मोटरसाइकललाई बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो।रोहन पनि दुई छोरीलाई बिहानै मोटरसाइकलबाट बस स्टपसम्म लैजान्थे​।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post