
गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं २ मा एकजना बुबा निकै बिचल्ली अवस्थामा फेला परेका छन् ।उनी निकै दुखमा परेको बेला साहारा बन्नुपर्ने श्रीमती र छोरा भने उनलाई एक्लै छोडेर हिडेका छन् ।
आफ्नो जवान अवस्थामा भारतमा निकै दुख गरेका थिए उनले ।भारत बाटै कमाएर परिवार पाले ।उनलाई सुखको बेला साथ थियो तर अहिले कसैको साथ नहुदा उनी भान्जीको सहारामा जीवन बिताइरहेका छन् ।
उनका दुवै खुट्टा अचल अवस्थामा छन् ।उनी आफैं उठेर बस्न समेत सक्दैनन् ।बुबाको भुडिपनी जतिबेलै चर्किएको अवस्थामा हुन्छ।खाना खादा वा नखादा समेत पेट फुलिएको हुन्छ ।पेटले गर्दा उनको स्वास बढ्ने समेत समस्या आएको छ ।
यसरी निकै दुखी जीवन काटिरहेका बुढा बुबाको अवस्था नाजुक छ ।उनलाई खान र लगाउन समेत गाह्रो भएको हुँदा उनको अवस्था हेरेर सबैले सहयोग गर्न आग्रह पनि हामी गर्दछौं ।
भिडियो हेर्नुस् :-