अन्ततः बालाजुबाट पक्राउ परिन बिमला ! ५४ बर्षमा पनि यस्तो गरिछन

काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६ बस्ने ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले श्रेष्ठलाई सोमबार काठमाडौं महानगरपालिका-१६ बालाजुबाट पक्राउ गरको हो । प्रहरी उपरीक्षक मैनालीका अनुसार श्रेष्ठ पीडितको जग्गा प्लटिङ गरेर बिक्री गरेर आएको २ करोड ५६ लाख रुपैयाँ नदिई फरार थिइन्।श्रेष्ठले उक्त जग्गा बेचेर प्रतिफल बाँडफाँट गर्ने भनी विश्वास दिएकी थिइन्।

श्रेष्ठले पीडितलाई झुक्यानमा पारेर ठगी गरेको आरोप छ। पीडितले श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासीमा जाहेरी दिएकी थिइन्।श्रेष्ठमाथि आवश्यक अनुसन्धान तथा थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाएको जनाइएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post