नक्कली प्रहरी बनेर गर्ने रहेछन यस्तो धन्दा, थाहा पाउँदा दुनियाँ चकित !

संखुवासभामा दुई जना नक्कली प्रहरी पक्राउ परेका छन् । नक्कली प्रहरीको रुपमा ठगी गरेको आरोपमा पाँचखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङ पक्राउ परेका हुन् ।

उनीहरुलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ गरिएको जनाईएको छ ।प्रहरीका अनुसार फागुन २७ गते खाँदबारी नगरपालिका–८ की प्रमीला कम्मर सार्कीलाई प्रहरीको भेषमा आएका चार जनाले घरबाट करिब एक सय मिटर पर जंगलमा लगेर प्रमीलाको श्रीमान् रमेश कुमार तामाङलाई जिम्मा लगाएका थिए। प्रहरी प्रमुख सुवेदीका अनुसार पक्राउ परेका रमेशले श्रीमती प्रमीला सार्कीलाई अ’प’हरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको बताए।

त्यसपछि रमेशले आफ्नी श्रीमतीको ज्यान मा’र्ने प्रयासले शारीरिक तथा मा’न’सिक या’त’ना दिएका थिए । प्रमीलाले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । उजुरीका आधारमा प्रहरीले पाँचपन नगरपालिका–४ घर भई खाँदबारी नगरपालिका–९ बस्ने वर्ष ३० को अर्जुन तामाङ र पाँखपन नगरपालिका–४ का प्रमीलाको श्रीमान् वर्ष ३४ का रमेशलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ परेका रमेशले श्रीमती प्रमीला सार्कीलाई अ’प’हरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको बताएका छन्। योजना बमोजिम रमेश सहित ४ जना फागुन २५ गते काठमाडौं बागबजारबाट नक्कली प्रहरीका पोसाकप्रति जोर प्रतिदिन पाँच सयका दरले भाडामा ल्याएका थिए ।

पक्राउ परेका रमेशले श्रीमति प्रमिला सार्कीलाई अ’प’ह’रण गर्न ४ जना नक्कली प्रहरी परिचालन गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीका अनुसार पक्राउ परेका रमेश र प्रमिलाबीच विगत ६ महिनादेखि मनमुटाब थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post