ति गायिका अहिले नाबालिका नै छिन् । १७ वर्षको अपरिपक्व उमेरमै उनले जीवनको निकै कठिन परीक्षा दिनुपरेको छ । जादुयी स्वरका कारण कलिलैमा उनले जुन ख्याति आर्जन गरिन्, त्यो आज दाउमा लागेको छ ।
लाखौं फलोअर्स भएका एक ‘स्टार’ को हातमा ह’त्कडी लगाउने गरी उनले चालेको कदम कम्ता बहादुरीपूर्ण थिएन । यद्यपि, चुनौतीहरू सकिएका छैनन् । बरु आगामी दिनमा अझै थपिँदै जालान् ।
पछिल्लो एक वर्षमा गायिकाले निकै प्रताडना भोगिन् । आफूले आइडल मानेको पात्रसँग एकोहोरो प्रेममा फस्दा उनको निजी जीवन बिथोलियो । उमेरजन्य अपरिपक्वताले गर्दा यो बीचमा धेरैबाट ‘म्यानुपुलेट’ पनि भइन् । कहिले लर्बरिँदै, फेरि सम्हालिँदै उनी यहाँसम्म आइपुगेकी हुन् । अब चाहिँ निर्णायक लडाइँमा छिन् । आफूलाई प्रेमजालमा फँसाएर स्वार्थसिद्धी भएपछि लत्याउने पुरुषका विरुद्धको लडाइँ उनलाई जसरी पनि जित्नु छ ।
तर, बिस्तारै आफ्नो पक्षमा बढ्दो सहानुभूतिका कारण अहिले उनको मनोबल बढेको छ । हिजोआज उनले आफूलाई मा’नसिकरूपमा निकै बलियो बनाइसकेकी छन् । ‘पहिले धेरैजसो गाली मात्रै थिए । फेसबुक हेर्न पनि ड’र लाग्थ्यो । तर अहिले धेरै जनाले समर्थन गर्नुभएको देखेर मेरो हिम्मत बढेको छ । म यो लडाइँबाट व्याक हुन्न,’ गायि कालाई गर्दै निकट स्रोतले भन्यो ।
काठमाडौंबाट दुई वर्ष जेठी दिदी र भिनाजुसँग उनी जि प्रका तनहुँमा जाहेरी दिन पुगेकी थिइन् । कास्कीबाट उनका बुबाआमा पनि त्यहाँ आएपछि जाहेरी द र्ता गरिएको थियो । दर्तापछि उनी बुबाआमासँग कास्कीको लाहचोकमा रहेको आफ्नो घरमा गइन् । तर, त्यहाँ छरछिमेकीले धेरै नै खोजीनिन्दा गर्न थालेपछि उनी अहिले एक आफन्तको घरमा बसिरहेकी छन् ।
शाह पक्राउ परेपछि सामाजिक सञ्जालमा पीडितमाथि नै लाञ्छना लगाउने र आरोपितको पक्षमा पैरवी गर्ने प्रतिस्पर्धा नै चलेको छ। नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग ‘सहमति लिएरै’ पनि यौ’ ‘न स’म्प’र्क गरेमा ब’ला’त्का’र ठहरिन्छ। तर, प्रचलित कानुन, प्रहरी अनुसन्धान र अदालतलाई समेत प्रभावित गर्न तथा पीडितलाई ‘आ’तंकि’त’ बनाउन अहिले सिने कलाकारहरू नै लागेका छन्।
पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्। युट्युबका धेरै सामग्रीमा पीडितको नाम, फोटो र भिडियो प्रयोग गरिएको छ। प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको च’रि’त्र ह’ ‘त्या गर्ने प्रवृत्ति हाबी भएको छ, यसरी पीडितको नाम लिएर च’रि’त्रह’ ‘त्या गर्ने प्रयास गर्नेलाई एक वर्ष कैद, ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट कानुनी व्यवस्था छ।
टिकटक र युट्यूवमा आएका भिडिओहरू पनि हेर्छिन् । खासगरी टिकटकका भिडिओ र कमेन्टहरूले उनलाई अझै पनि आहत तुल्याइरहेका छन् । आफ्नो मोबाइल नभएकाले किशोरी बाहिरी मानिसहरूको सम्पर्कमा खासै छैनन् । नजिकका आफन्त र सीमित साथीभाइसँग मात्रै उनको कुरा भइरहेको छ ।