खतरा लेखिएको प्रेसर कुकरभित्र भेटियो चार तोला सुनका गहना, कागजमा लेखिएको थियो यस्तो कुरा ...

कैलालीमा खतरा लेखेर सडकमा राखिएको प्रेसर कुकरभित्र गहना फेला परेका छन्। मंगलबार बिहान गोदावरी नगरपालिका-१ बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेका हुन्।

गेटअगाडि शंकास्पद वस्तु फेला परेपछि साहुका घरपरिवार र छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए।सूचना पाएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली गएको थियो। प्रहरीले सेनासँग बम डिस्पोजल टोली मगायो। प्रेसर कुकर राखिएको ठाउँमा बम डिस्पोजल टोलीसहित सेना पुग्यो।

डिस्पोजल टोलीले उक्त कुकर डिस्पोज गर्दा त्यसभित्र सुनका गरगहना फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए।सले यसरी कुकरभित्र गहना राखेको भन्नेबारे अनुसन्धान हुदैछ,’ उनले भने। गहनासँगै फेला परेको कागजमा नवीन साहुलाई घमण्ड नगर्न र सबैसँग मिलेर बस्न सुझाव दिइएको प्रहरीले जनाएको छ।

नवीन साहुले गत मंसिर १४ गते राति घरबाट सुनका गरगहना चोरी भएको भन्दै प्रहरीमा खाजी कार्यका लागि निवेदन दिएका थिए। उनका दम्पती काठमाडौं गएका बेला घरमा लगाएको ताल्चा, ढोका र दराज फोडेर झुम्का, औंठी, हार, तिलहरीलगायत ८ तोलाभन्दा बढी सुनका गरगहना चोरी भएको निवेदनमा उल्लेख छ।

घटना भएको अर्को दिन साहु दम्पतीले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेका बेला यसरी फेला परेका गहना उनकै हुनसक्ने अनुमान गरिएको छ।

उहाँहरूले ८ तोलाको गरगहनाको बिल ल्याएर चोरी भएको गहना र चोरलाई पक्राउ गरी कारबाहीको माग गर्दै उजुरी दिनुभएको छ, अहिले चार तोला मात्रै फेला परेको छ,’ डिएसपी पोखरेलले भने। उजुरीका आधारमा शंकास्पद व्यक्तिका अभिभावकसँग प्रहरीले सोधपुछ गरेको थियो। शंकास्पद एकजना भारत भागेको प्रहरीको भनाइ छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post