रामेछापमा बमको छर्रा लागेर एक जना घाइते, तीन जना पक्राउ

रामेछापको लिखु खोलामा माछा मार्न हानिएको बमको छर्रा लागेर एक जना घाइते भएका छन्। माछा मार्ने क्रममा बमको छर्रा लागेर गम्भीर घाइते भएका रामेछाप नगरपालिका वडा नम्बर ४ का टक बहादुर श्रेष्ठलाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

उनको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ । बम लागेर उनको बायाँ हाततको तीन वटा औला अनुहार र घाँटीमा चोट लागेको छ ।माछा मार्न विस्फोटक पदार्थसहित श्रेष्ठसँगै गएका अन्य तीन जनालाई प्रहरीले लिखु नदीबाट पक्राउ गरेको छ ।

सिन्धुली कमलामाई नगरपषलिका वडा नम्बर ५ का ३० बर्षिय लामा, सिन्धुली भद्रकाली गाउँपालिका २९ बर्षिय निल लामा र कमलामाई नगरपालिकाकै ५२ बर्षिय राम बहादुर बिकलाई प्रहरीले रामेछाप नगरपालिका–४ हिमगङ्गा धारपानीबाट पक्राउ गरेकाे बताइएको छ ।

आज बिहान धारापानी बसेरी स्थित लिखु खोलामा विष्फोटक पदार्थ पड्काएर माछा मार्ने घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए। पक्राउ परेकाहरुमाथि अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी छिन् । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । यसको चेन इफेक्ट थुप्रैलाई परेको हुन्छ । ट्राफिक नियम अटेरी गर्नेलाई त निर्ममतापूर्वक कारबाही गर्नैपर्छ । यसबाट राजश्व पनि उत्पन्न हुन्छ र मान्छेको बानी पनि पर्छ ।

मंगलबार राजधानीमा ट्राफिक प्रहरीलाई प्राविधिक उपकरण हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले ट्राफिक अनुशासन महत्वपूर्ण रहेको बताइन् । मन्त्री झाँक्रीको निर्देशनमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत २० थान ह्वील लक र ८८ थान ट्राफिक लाइट प्रदान गरिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post