भक्तपुरमा नसोचेको भयो यस्तो छ अवस्था हेर्नुहोस्

भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएका छन् । ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र विपरीत दिशामा रहेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल आज बिहान करिब साढे ९ बजेतिर ठोक्किएका थिए ।आगोमा जलेर मोटरसाइकलमा पूर्णरुपमा क्षति पुगेको छ । ठक्कर दिँदा मोटरसाइकल चालक ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई भेषकुमार श्रेष्ठ घाइते छन्।

उनको लोकन्थलीस्थित समिट अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। ‘उनी बोल्न सक्ने अवस्थामा छन्। उनको घुँडा, हातमा चोट लागेको हो,’ उनले भने।प्हरीले शव वाहन चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका बस्ने ३५ वर्षीय नेत्रबहादुर गिरीलाई नियन्त्रणमा लिएको छ। 

‘शवलाई अर्को शव वाहनमा राखेर पशुपति पठाइएको छ,’ पाण्डेले भने, ‘दुर्घटनामा परेको गाडी नियन्त्रणमा छ।’ मोटरसाइकल पूर्ण रूपमा क्षति पुगेको उनले बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post