घरबाट निस्किएका चारजना बालकको एकसाथ यसरी भयोमृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ।सोमबार राति ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चार बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ४ जनाको मृत्यु र घटनास्थलमा पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार लुइँटेलले जानकारी दिए।घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल पु र्‍याएपनि चार जनाको मृत्यु भएकोछ ।

मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ बर्षीय राहुल यादव, १२ बर्षका लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ बर्षका सुमित यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए।

दुर्घटनामा सबैला २ का १९ बर्षीय सुरेन्द्र यादव घाइते भएका छन्। उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। ‘दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन,’ डीएसपी बस्नेतले भने, ‘घाइतेको भनाइलाई मान्ने हो भने पाँचै जना सवार भएको मोटरसाइकल दुर्घटना भएको छ।

तर यकिन विवरण खुल्न सकेको छैन।’ डीएसपी बस्नेतकाअनुसार घटनाबारे बुझ्न् प्रहरी टोली पुगिसकेको र यसबारे अनुसन्धान भइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post