फेरि आज सुनको भाउ ह्वात्तै घट्यो, हेर्नुहोस् तोलामा कति पर्छ ?

काठमाण्डाै - सुनको भाउ आज १३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो भने अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ थियो ।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि गएको फागुन २५ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख ५ हजार पाँच सय रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post