को हुन् खेसारी लाल यादव, जाे नआउँदा सुनसरीमा यति ठुलो घ,ट्ना भयो ?

भोजपुरी अभिनेता तथा गायक खेसारी लाल यादव नआएको भन्दै सुनसरीको बर्जु गाउँपालिकामा आयोजित महोत्सवमा स्थानीयले आ’गज’नी र तो’डफो’ड गरेपछि ।

उनीबारे नेपाली दर्शक–स्रोताको चाँसो बढेको छ। मंगलबार महोत्सवको अन्तिम दिन उनको पूर्वनिर्धारित कार्यक्रम एकाएक रद्द भएपछि स्थानीयले अराजकता प्रदर्शन गरेका हुन्।उनलाई हेर्न ३ सयदेखि ५ सयसको दरले टिकट काटेर प्रतीक्षा गरिरहेका स्थानीयहरू खेसारी लाल नआउने पत्तो पाएपछि उ’ग्र बने। 

शुत्रुध्न कुमार यादव अर्थात् खेसारी लाल यादव भोजपुरी अभिनेता तथा गायक हुन्। उनको पहिलो चर्चा भोजपुरी एल्बम ‘माल भेटाई भेला’बाट भएको थियो। खेसारी लालले भोजपुरी सिनेमा लामो संघर्षपछि खास पहिचान बनाइसकेका छन्।

उनको जन्म बिहार राज्यको सिवान जिल्लामा भएको हो। उनी बिग बोसको १३ भागमा समेत देखिएका थिए। दर्शकले राम्रो साथ दिएपनि चाडै ‘शो’बाट बाहिरिए। खेसारी लालको करिअरको शुरूआती चर्चा सन् २०१२ देखि ‘साजन चले ससुराल’बाट भएको हो। यो फिल्ममा काम गरे वाफत उनले ११ हजार भारतीय रुपैयाँ पाएको बेलाबेला बताउँछन्।

११ हजारबाट करिअरको शुरूआत गरेका खेसारी आज भोजपुरी सिनेमा जगतको सबैभन्दा महंगा अभिनेता बनेका छन्। उनकी श्रीमतिको नाम चन्दा देवी हो। उनीहरूका दुई बच्चा छन्।खेसारीले एक संवादमा आफ्नो विवादबारे भनेका छन्, ‘विवाह गर्न मसँग पैसा समेत थिएन।

मेरो ससुराले छोरीको विहे गर्न भैंसीपनि बेच्नुपरेको थियो। तर चन्दासँग विहे गरेपछि मेरो भाग्य नै बदलियो।’ उनी अभिनेता मात्रै होइनन् नाम चलेका गायक पनि हुन्।उत्तर प्रदेश, बिहार, झारखण्ड जहाँजहाँ भोजपुरी बोलिन्छ– त्यहाँत्यहाँ उनको एकछत्र राज छ। उनले सयौं भोजपुरी हिट गीत र दर्जनौं फिल्ममा काम गरिसकेका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post