काठमाडौंको कलंकी चोकबाट आयो दुखद खबर !

देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् ।काठमाडौं महानगरपालिका – १४ कलंकी चोकस्थित सडकमा बा४ख ६८४३ नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकल लाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार ललितपुर बस्ने बझाङ फलरा घर भएका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएको उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ललितपुर धोबिघाट बस्ने बझाङ चैनपुर घर भएका २६ वर्षीय निखिल बमको सोही अस्पताल हुँदै थप उपचारको लागि भ्याली अस्पताल सुन्धारा पठाइएको छ । टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै दाङ घोराही उपमहानगरपालिका-११ बुकालीडाँडास्थित सडकमा रा२प १८४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१० बस्ने ५३ वर्षीय पदम बस्नेतको शनिबार साँझ मृत्यु भएको छ । लुअअपु १२५६ अस्थायी नम्बरको जिपलाई ओभर टेक गर्ने क्रममा उक्त जिप र ना७ख ५३१२ नम्बरको टिपरमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

 जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उता तनहुँ ब्यास नगरपालिका-१ तालघरेस्थित सडकमा ग३च ३७७८ नम्बरको गाडी अनियन्त्रित भई सडकमा पल्टिएर आइतबार बिहान दुर्घटना हुँदा गाडी चालक हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

दर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post