मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ स्थित , एकजना १५ बर्षिय नाबालिका जो छिमेककै मामा पर्ने बैँस युवकसग भागेकि छिन् ।एकमहिनाबाट सम्पर्कमा नआएसगै हराएका उनिहरु कहाँ छन् के गर्दै छन् जिउदै छन।
या छैनन् भन्ने पिरले परिवारलाई एकदमै धेरै पिर दुख दिरहेको छ ।पुर्व बिहेमा पठाएको छोरी उतैउतै केटासग भागेकि थिइन ।सुमना दनुवार जो भरत विकसग भागेकि हुन् ।भारत घर भएका भरत बिक दिदिकोमा बस्दै आएका थिए ।दुई बर्षदेखि दिदिकोमानै बस्दै आएका उनी मामा र भान्जि भन्दै एक अर्कासग नजिकिएका थिए ।
९ मा अध्ययनरत सुमना र मामा भनिने भरत बिच देखिने र शंका गर्ने हिसाबमा बाहिरि कुरा पनि नआएको र मामा भान्जिको सम्बन्ध भएपछि आफुरुले शंका गर्ने सम्म पनि सोचनै नगएको उक्त परिवार बताउँछ।
छोरिको खोजि पुर्व मोरङ देखि झापा बिराटनगर इटहरि झोराहट सबैतिर गरियो ,नेपालमा मात्रै नभएर केटाको घर भारतसम्म पनि गएर खोजियो तर काहीँ कतै पनि भेटिएन, भारतमा घरकाले भने यहाँ भारत त्यसरि आउनै नसक्ने र यदि आइहाले आफुहरुले जिम्मा लगाइदिने बताएपछि आश र बिवसता दुबै सगै लिएर फर्किन बाध्य भयो उक्त परिवार ।
हेर्नुस् भिडियो सामाग्री