काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २५ वर्षीय दिपक ऋषिदेव पुस १५ मा हिउँ खेल्न जाँदा बेपत्ता भएका थिए ।
ऋषिदेव मोरङको रंगेली नगरपालिका–९ का स्थानीय हुन् ।चन्द्रागिरि नगरपालिका–४ मा पर्ने सामुदायिक वनस्थित चित्लाङ भिरमा उनी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ । हिउँ खेलेर सबै परिवारसँगै फर्केकोतर, विस्तारै आउँछु भनेका ऋषिदेव हराएका थिए । मोरङको रंगेली नगरपालिका–९ का स्थायी घर भएका दिपक गत पौष १५ गते हिउँ खेल्न जाँदा हराएका थिए ।
नको शव एक साता पछि चन्द्रागिरी नगरपालिका–४ मा पर्ने सामुदायिक वनस्थित चित्लाङ भिरमा फेला परेको प्रहरीले जनाएको छ । हिउँ खेल्दा उनले मापसे पनि गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
भिरबाट डोरीको सहायताले निकालेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।