मध्य रातमा आएका एक हुल मान्छेले जबरजस्ती उठाएर लगे, ब्युँझदा खुट्टा, हात र कान थिएन….

उपेन्द्रबहादुर खडायतका दुवै खुट्टा छैनन्। तर पनि घुँडामाथिको भागले टेकेर टुकुटुकु हिँड्छन्। उपेन्द्रको देव्रे हात र दाहिने कान पनि छैन। तर दरिलो आत्मवि’श्वास छ। उनी ढुक्कले ओहोरदोहोर गरिरहन्छन्।

बस्न खासै मन लाग्दैन, धेरैजसो समय उभिइरहन्छन्। उनले नक्कली खुट्टा लगाउने कोशिस नगरेका होइनन् तर नक्कली खुट्टाले सपोर्ट नै गरेन। त्यसैले घुँडाभन्दा माथिको भागले नै टेकेर हिँड्न थालेका हुन्।

उपेन्द्र नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसँगै प्रदेश सदस्य पनि हुन्। पाँच जना प्रतिस्पर्धीलाई पराजित गर्दै उनी कांग्रेस सुदूरपश्चिम प्रदेशको सदस्य जितेका छन्। साथै उनी राष्ट्रिय अपांग महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्ष पनि हुन्। स्थायी घर डडेल्धुरा भएका उपेन्द्र त्यहाँबाट बसाइँ सरेर कञ्चनपुर महेन्द्रनगर पुगेका छन्।

 उनी कञ्चनपुरका स्थानीय नेता पनि हुन्। युवा अवस्थादेखि नेपाली कांग्रेसको राजनीति थालेका उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन्। उपेन्द्र भन्छन्, ‘१२औं, १३औं र अहिले १४औं महाधिवेशनमा पनि कांग्रेसको प्रतिनिधि बन्न पाएँ। यो मेरा लागि खुसीको कुरा हो।

कसरी भए अपांग – उपेन्द्र काठमाडौंमा बस्थे। देशमा माओवादी द्व’न्द्व च’र्किएको थियो। गाउँघरमा बस्न सक्ने वातावरण थिएन। माओवादी पक्ष आफूसँगै हिँडाउन खोज्थ्यो, राज्यपक्ष शंकाको दृष्टिले हेर्थ्यो। माओवादी र राज्य पक्षबाट जोगिनकै लागि उनी राजधानीको शरणमा आएका थिए। सानै उमेरदेखि राजनीतिमा चासो थियो उनको।

त्यसैले विद्यार्थीकालदेखि नै नेविसंघमा आ’वद्ध भएर काम गरे। त्यसैले पनि उनी माओवादीको नजरमा परेका थिए। २०५७ साल असार ७ गते । अन्य दिनजस्तै उनी काममा गए। राजधानी पस्ने बित्तिकै उनी एक होटलमा काम गर्न थालेका थिए। काम सकेर राति डेरा आए।

सुतिसकेका थिए, एक्कासि कसैले ढोका ढक्ढ”क्यायो। ढोका खोल्दा एक हुल मानिसले उनलाई ज’बरज’स्ती उठाएर लगे। उनीहरु को थिए, कहाँबाट आएका थिए र आफूलाई कहाँ लिएर गए केही पत्तो भएन। अ’ज्ञात समूहले उपेन्द्रको शरीरमा ए’सिड प्र’हार गरेको थियो। ए’सिडले पो’लेका कारण उनका अंगहरु का’टेर फाल्नुपरेको थियो। आक्र’मणमा पर्दा उनी २९ वर्षका थिए होसमा आउँदा उनी अंग’भंग बनेका थिए। शरीरबाट दुवै खुट्टा गा’यब थिए। बायाँ हात का’टिएको थियो भने एकपट्टिको कान नै थिएन

।शरीरमा पी’डा त छँदै थियो। साथमा मानसिक चोट पनि परेको थियो उपेन्द्रलाई। ‘दुई खुट्टाले हिँडिरहेको मानिस ए’क्कासि ब्युँझँदा खुट्टा गा’यब थिए,’ उनले भने, ‘मलाई त्यो समयमा मनोपरामर्शको आवश्यकता परेको थियो। तर कसैले त्यतातिर ध्यानै दिएन। जन्मजात अ’पांग र जन्मपछि अपांग भएकाहरुमा आकाश र जमिनको फरक हुन्छ।’ त्यो कहालिलाग्दो दिन सम्झँदै उनी भन्छन्, ‘मेरो दिमागले कन्ट्रोल गर्नै सकेन। मानसिक अवस्थामा निकै कमजोर बनें।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post