ताप्लेजुङका सरोज लिम्बू निकै लामो समयदेखि पशु झै साङ्लोले बाधिएर आफ्नो जीवन बिताइरहेका छन् ।कुनै समय गाउकै सर्वोत्कृष्ट फुटबल खेलाडि थिए सरोज ।
उनको खेल को हरकाहि प्रशंसा हुन्थ्यो र उनलाइ हेर्न भन्दै मान्छेहरुको समेत बाक्लै भेला हुन्थ्यो । उनको जिवनलाई हेर्दै गर्दा जो कोहिको पनि आखाबाट आँसु बग्छ नै । उनको जीवन काहानि एकदमै कहालिलाग्दो र दुखदायि छ ।
सरोज उमेरको हिसाबमा मात्रै २२ बर्षका भए र यस्तो रोगबाट ग्रसित उनी तीन बर्षदेखि छन् ।पाचजनाको परिवार मध्य सरोज सबैभन्दा कान्छा छोरा हुन । टाउको दुख्ने रिगटा लाग्ने र आँखा दुख्ने सरोजका प्रारम्भिक लक्षणहरु थिए । उपचारका निमित्त स्वदेशका प्रतिष्ठित अस्पताल र भारतसम्म पनि लगियो तर काहीँ कतै पनि पार लागेन र लाखौ पैसा खर्च भयो ।
बिदेश जाने भन्दै उनी काठमाडौंसम्म गएका थिए । सायद खेलबाट जीवन नचल्ने उनले सानै र कलिलै उमेरमा बुझेका थिए ।तर बिदेश पनि नभएपछि उनी घरै फर्किए ,घर फर्किएसगै उनिमा बिस्तारै रोगको असरहरु देखिन थाल्यो । उनिले बाटोमा हिड्ने र घरकै मान्छेलाई पनि कु ट्ने र बारम्बार खोला नालामा हाम्फाल्ने गरेसगै उनिलाई यसरी बाधेर राख्नुपर्ने बाध्यात्मक अवस्था आएको हो,उनिमा मानसिक बिमारि देखिदै गयो ।
आफ्नो सन्तान त्यो पनि जवान छोरोलाई बाधेर राख्न कस्लाई पो मन हुदोहोर तर कहिलेकाही बिबस्ताले साचै नै बाध्य बनाइ छाड्दो रहेछ ।आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवारले अझै पनि राम्रो अस्पताल र डाक्टरलाई देखाउन पाए छोरो सन्चो हुदोहोकि भन्ने आश गर्दछ ।
हेर्नुस् भिडियो सामाग्री