मन्त्रि प्रेम आले बिरुद्ध बोल्दा मंगल थापा माथि मुक्का प्रहार गरी भाचिदिए मुख भरिका दातहरू हेर्नुहोस् ..

अभियन्ता मंगल थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफू हिरो बन्न निजी क्षेत्रलाई तर्साउन खोजेको आरोप लगाएका छन् ।

उनले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री आले काठ तस्कर भएको आरोप लगाउँदै हिरो बन्न निजी क्षेत्रमा काम गर्नेलाई तर्साउन खोजेको बताएका हुन् ।आफू हिरो बन्ने नाममा मुलुकमा आतंक फैलाउने र कर्ममा विश्वास गर्ने व्यक्तिहरुलाई जेल हाल्ने तर, भ्रष्टचारीलाई संरक्षण गर्ने यस्ता नालायक मन्त्रीलाई म चुनौति दिन चाहन्छु,’ मंगल थापाले भने,‘तपाई मैदानमा आउनुहोस् वैचारिक, राजनीतिक र हरेक हिसाबमा हामी तपाईंसँग लड्न तयार छौं ।’

उनले प्रेम आलेले अनावश्यक क्रियाकलाप गरेर पूर्व मन्त्री योगेश भट्टराईको राजनीतिक छवि बिगार्न खोजेको आरोप लगाए । ‘राम्रो छवि भएका योगेश भट्टराईलाई विवादमा ल्याउन खोजियो । आफु हीरो बन्ने नाममा राम्रो राजनीतिक छबि भएका भएका योगेश भट्टराईमाथि निराधार आरोप लगाएर विवादमा ल्याउन खोजियो,’ उनले भने ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post