मेरो मृ; त्युपछि तिमीहरु खुशी हुने भन्दै संक्रमित सासुले बुहारीलाई दौडिएर अंगालो हालिदिएपछि…

काठमाडौं । सामान्यतया सासु र बुहारीको सम्बन्ध खास राम्रो हुँदैन । तर भारत, हैदराबादमा सासू र बुहारीको बिचमा देखिएको प्रेमले सबैलाई हैरान पारेको छ ।

यस्तो खालको समाचार यो भन्दा पहिले तपाईंले कतै सुन्नु भएको छैन । वास्तवमा, भएको के भने कोरोनामा संक्रमित भएपछि, एक सासु असाध्यै निराश भइन् ।त्यसपछि उनले चालेको कदम रोचक छ । रिपोर्टका अनुसार ति वृद्ध महिलाले आफ्नी बुहारीसँग अङ्कमाल गरिन्, बुहारी पनि कोरोना संक्रमित भइन् ।

यति मात्र होइन, त्यसो गरेपछि उनले आफ्नी बुहारीलाई घरबाट बाहिर निकालिन् । आफु कोरोना संक्रमित भए पछि परिवारका सदस्यहरुको दृष्टिकोणमा आएको परिवर्तनबाट उनी धेरै चिन्तामा थिइन् ।न उनलाई कसैसँग भेट्न दिइयो र न कोही उनलाई भेट्न आउँथे । यो घटना भारत, तेलङ्गानाको रञ्जना सिरचील्ला जिल्लाको सोमारीपेटा गाउँको घटेको हो ।

त्यहाँ घरबाट निकालिएपछि विवाहित महिलाले आफ्नी बहिनीलाई यस घटनाको बारेमा बताइन् । तब उनलाई राजन्ना सिर्किल्ला जिल्लाको थिम्मापुर गाउँमा ससुरालको घरमा लगियो ।

त्यहाँ उनी अहिले आइसोलेशनमा छिन् । पछि, स्वास्थ्य अधिकारीहरूले ति बुहारीसँग भिडियो कन्फरेन्सिङ्गको माध्यमबाट कुरा गरेका थिए । कुराकानीमा विवाहित महिलाले उनकी सासु संक्रमित भएपछि परिवारका सबैजनाले दुरी बनाएका कारण चिन्तामा थिइन् ।उनका अनुसार सासुको राम्रो उपचारका लागि र कोरोना नियमहरूको पालना गर्न, उनलाई परिवारबाट अलग कोठामा राखिएको थियो । त्यहाँ खाना र औषधिहरू समयमा दिने गरिएको थियो ।परिवारका अन्य सदस्यहरुको रवैया देखेर साासु धेरै चिन्तित भईन् । एक दिन ति महिलाले परिवारलाई भनिन्, ‘के तिमीहरु सबै मेरो मृत्यु पछि पनि यस्तै खुशी हुनु चाहन्छौं ?

यो कुरा गरिसकेपछि, उसले दौडिएर बुहारीलाई अँगालो हालेकी हुन् । महिलाका पति ओडिशामा ट्र्याक्टर चलाउँछन् । गत ७ महिनादेखि उनी त्यहाँ छन् ।

त्यसपछि, अधिकारीहरूले ती महिला (बुहारी) लाई एक सल्लाह पनि दिएका छन् । यदि उनले यस विषयमा आफ्नी सासूको बिरुद्द मुद्दा दर्ता गर्न चाहेमा पूर्ण सहयोग गर्ने वचन अधिकारीहरु दिएका हुन् ।अधिकारीहरूले यस घटनाको बारेमा सासु कोरोनाबाट संक्रमित भएपछि परिवारले उनीप्रति गरेको व्यवहारले चकित र दुःखी थिइन् ।

त्यसकारण, उनलाई गहिरो पीडा परेको थियो । त्यसपछि बदला लिन उनले आफ्नी बुहारीलाई पनि संक्रमित गराएर घरबाट निकालेकी हुन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post