तिम्रो बुबा स्व’र्गमा घर बनाउन जानुभएको छ मा’थिबाट तिमीलाई हेरिरहनु भएको छ ! हृदय वि’दारक यी सानि नानिकाे जीवन कथा !

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७,हिस्तान दोसल्लेकी ८ बर्षिया एजिना पुनका बुबाको कृष्ण पुनको गएको पुस १९ गते बेनी नगरपालिका-७,मंगलाघाटमा निर्माणधिन घरबाट ख’सेर मृ’त्यु भयो ।

घरको तेस्रो तलाबाट खसेर ग’म्भीर घा’ईते भएका पुनको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृ’त घोषित गरे।बुबाको दा’हसंस्कारमा पुगेकी बालिकालाई आफन्त र छिमेकीले फरक ब्यक्तिको परिचय दिएर घर ल्याए।

ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने गरेका बुबालाई एजिनालाई खोज्दा संरक्षण गरिरहेकी अञ्जु फगामीले स्वर्गमा घर बनाउन जानु भएको भन्दै बारम्बार सम्झाउने प्रयास गरिन् ।स्वर्गमा बन्दै गरेको घरको काल्पनीक कथा सुनाउँदा धेरैपटक अञ्जुको आँखा र’साएका छन्। ३ बर्षको छँदा आमाको मृ’त्यु भएको र ८ वर्षको उमेरमा बुबाको पनि मृ’त्यु भएपछि पूर्ण रूपमा बेसहारा छिन् ।

मानसिक र शारीरिक दुवै स’मस्याबाट ग्रसित आमाको मृ’त्युपछि केहीबर्ष बुबा समेत बे’पत्ता हुदाँ एलिजालाई आफ्नो छोरी मानेर पालेकी अञ्जुले संरक्षणको लागि आवश्यक सहयोगको याचना गरेकी छन् ।मेरो पनि आर्थिक हैसियत बलियो छैन्,‘सबैको साथ र सहयोगले उनको पढाईलाई निरन्तरता दिनुपर्ने अवस्था छ’अञ्जुले भनिन्।

हाल बेनीमै रहेको समाता स्कुलमा कक्षा १ मा अध्ययनरत एलिजाको पुख्यौली सम्पत्ती समेत नभएकाले उच्च शिक्षासम्मको पढाईमा लाग्ने खर्चको आवश्यकता रहेको बताईन्।

विद्यालयका शिक्षकले समेत उचित हेरचाह भएमा बालिकाको पढाई र सक्रियता निकै लोभलाग्दो रहेको बताएकाले समेत अञ्जुलाई भविस्यमा हेरचाह र शिक्षादीक्षामा हुने खर्चको चि’न्ताले सताउने गरेको छ ।

मगर जिल्ला समन्वय समितिकी अध्यक्ष डमायाँ मगरले बालिकालाई सहयोगको आवश्यकता रहेको बताईन् ।बालिकाको नाममा बैंकमा खाता खोलेर आर्थिक जम्मा गरी त्यसको ब्याजबाट शिक्षादीक्षा सहित आवश्यक खर्च गर्नुपर्ने बताईन् । हिस्तानबाट स्वदेश तथा विदेशमा रहेकालाई अभियानमा साथ दिन समेत अपिल गरिएको छ।

घरको ठेकेदार जंगबहादुर खत्रीले मृ’तकको परिवारलाई क्षर्तीपुर्ती बापत जम्मा ४ लाख दिएर उम्किएको आफन्तको गुनासो छ । निर्माणधिन अवस्थामा रहेको घरमा कार्यरत मजदुरलाई आवश्यक पर्ने न्यूनतम सुरक्षामा समेत ख्याल नगरिएको भन्दै पीडितले १० लाख क्ष’र्तीपुर्ती मागेका थिए ।

अभिभावकको मृत्युपछि बेसहारा भएकी बालिकाको संरक्षणको लागि जिल्लाका सरोकारवाला निकायले समेत बेवास्ता गरेको मृ’तकका आफन्तको गुनासो छ

Post a Comment

Previous Post Next Post