मान्छे जस्तै सबै कुरा बोल्न सक्ने चरा टिकटकमा भाइरल(भिडियो हेर्नुस)

पछिल्लो समय धेरैले प्रयोग गर्ने सामाजिक संजाल हो टिकटक ।टिकटकलाई धेरैले आफू चिनाउने माध्यम पनि बनाएका छन । सबै खाले भिडियोहरु हेर्न र आफुले पनि बनाएर देखाउन पाउने भएकोले अहिले यसको प्रयोगकर्ता हरु छोटो समयमा नै

 अत्यधिक बढेका छन । यसै क्रममा अहिले टिकटकमा निकै भाइरस भएको छ राजु राना मगरले रुप्पि चरासगँ बनाउने गरेको भिडियो । मानिस जस्तै बोल्न सक्ने उक्त चराको भिडियो अत्याधिक दर्शकले मन पराउने गरेका छन ।आफ्नो हजुरआमाको माइतिमा परेवाको गुडँमा भेटिएको रुप्पिको बच्चा त्यहाबाट आफ्नो एउटा सानो भाइले घरमा ल्याएको राजुले बताएका छन ।

रुप्पी चरा बोल्न सक्छ भन्ने आफुहरुले पहिले नै सुनेको तथा देखेको हुनाले आफुहरुले पनि त्यसलाई पालेको राजुको भनाई छ । अहिले भने उक्त रुप्पी निकै ठूलो भै सकेको छ भने मानिस जस्तै बोल्न पनि सक्छ । टिकटकमा रुप्पि राम्रोसगं बोलेको तथा मानिसले भनेको कुराहरु बुझेको हेर्न सकिन्छ ।

सुरुमा रुप्पिलाई बोन सिकाउदा भने निकै समस्या भएको राजुले बताएका छन । रुप्पिले पहिलो पटक बोल्दा आमा भात पाक्यो भनेर बोलेको राजुले बताए । अहिले बने सबै कुरा बोल्न र बुझ्न सक्ने गरेको उनको भनाई छ । त्यति आफुले रुप्पिले बोलेको त्यति धेरै स्पष्ट नबुझेता पनि आफुले भनेको रुप्पिले सबै बुझ्ने उनको भनाई छ ।

अन्य जंगली रुप्पिहरु घर तिर आउने गर्दा आफ्नो घरको रुप्पी पनि तिनिहरुसगैँ चारो टिप्ने बस्ने गरेको उनले बताए । तर आमाले तिनिहरुसगँ नजानु भने पछि भने आफ्नो रुप्पी घर आउने गरेको राजु बताउँछन ।

मानिसले बोलेको बुझेर नै घर छोडेर नजाने गरेको उनको भनाई छ । आफू २/४ दिन कतै गएर आउदाँ कहाँ गएर आएको भन्ने गरेको राजु बताउँछन । आफुहरु नुहाउँदा रुप्पिलाई पनि नुहाउन आइज भन्दा आएर आफै नुहाउने गरेको उनले बताए । आफुहरुले नुहाएको भएन भन्दा पानी गएर निकै बेल नुहाएर आउने उनको भनाई छ । यस्ता भिडियोहरु रुप्पिका थुप्रै टिकटकमा देख्न सकिन्छ । रुप्पिले आफुहरुले मगर भाषामा बोलेको पनि सबै बुझ्ने गरेको राजु बताउँछन ।

रुप्पिले मगर भाषा र नेपाली दुबै बुझ्ने र बोल्ने गरेको उनले बताए । आफ्नो घरमा अरु कसैको गाई बस्तु आउदा गएर तिनिहरुलाई ठुग्ने, चिच्याएर आफुहरुलाई खबर गर्ने इत्यादि गर्ने गरेको उनले बताए । जुनसुकै जीव जनावर तथा पशुपंक्षीलाई पालेर सिकाउदा सबै कुरा बुझ्न सक्ने उनले बताए । कतिपय जनावारहरु बोल्न नसके पनि सबै बुझ्ने र मानिसले भने जस्तै गर्ने गरेको हुदाँ सबै जीव जनावरहरुमा धेरै चेतना हुने गरेको र सिकाए सबै कुरा सिक्ने उनको भनाई छ ।

भिडियो हेर्नुस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post