श्रीमान विदेशबाट आएको भोलिपल्टै ४ बर्षिय नानी छोडेर भिनाजुसंग फरार मन्जुको कोठामै रामधुलाइ (भिडियो हेर्नुस्)

केही समय अघि सुनसरी जिल्लाको इटहरीकि एक बिबाहित महिला देवर नाता पर्नेसगँ फरार भएकी थिइन् । उनका श्रीमान भने वैदेशिक रोजगारीको क्रममा बिदेशमै रहेका थिए ।

श्रीमान बिदेशमै रहेको बेला मन्जु राई नाम गरेकी ती महिला आफ्नी एक सानी छोरी छोडेर देवर नाता पर्नेसगँ फरार भएको स्थानियहरुले मिडियालाई बताएका थिए । बेलबारी जान्छु भनी उनी हिडेको स्थानियको भनाई थियो । मन्जु नजिकै गृलमा काम गर्ने एक अजयसगँ गएको भन्ने खुल्न आएको मन्जुका जेठाजुले बताएका थिए ।

मन्जु र अजय फरार भए पछि उनिहरुको खोजी भै रहेको थियो ।खोजी हुँदै जादा उनिहरु सम्पर्कमा आए पनि घर भने आएका थिएनन । अहिले भने मन्जु आफू पहिले बस्दै आएको कोठामा आएकी छिन । मन्जु त्यहाँ आए पछि अजय दर्जिकी जेठी श्रीमती अन्जु पनि स्थानीय र मिडिया टोलिसगैँ भेटिएकी थिइन् । मन्जु त्यहाँ भेटिए पनि अजय भने त्यहा थिएनन । अजयकी श्रीमती अन्जुले आफुले पहिले पनि मन्जुसगँ कुरा गरेर तिमिहरुको के सम्बन्ध छ भनी सोध्दा आफुहरु देवर भाउजू भएको बाकी केही होइन भनी मन्जुले बताएको उनको भनाई छ ।

संजय गाइघाट काम गर्न गएको बेला आफुले मन्जुलाई फोन गर्दा त्यो भाईले मलाई पो फसाएर गयो भन्दै मन्जु हासेको अन्जुले बताईन । तर त्यो बेला आफ्नो अजयसगं सम्पर्क भने नभएको मन्जु बताउँछिन । तर अन्जुले भने त्यही बेला नै मन्जु पनि अजयसगँ गाइघाट तिर गएको बताएकी छिन । उनिहरु दुबैको भेट भए पछि केहिबेर स्थिति बिबादास्पद बनेको थियो । त्यस क्रममा अन्जु र मन्जु बिच हात हालाहाल समेत भएको थियो । त्यस क्रममा मन्जुले आफ्नो र अजयको केश मिलि सकेको भन्दै मिडियामा कुनै जवाफ दिनु पर्ने आवश्यकता नभएको बताईन ।

यता अन्जुले भने बिबाद केही नमिलेको भन्दै अजय र मन्जु फेरि सबै ब्याबहार मिलाएर भाग्ने योजनामा रहेकोले उनिहरुलाई यसै नछोड्ने बताएकी छिन । मन्जुले आफ्नो मात्र नभएर अरुको पनि घरबार बिगारेको भन्दै सजाय हुनु पर्ने अन्जुले बताएकी छिन । अझै पनि आफुलाई उनिहरुको बिश्वास नभएको भन्दै अब आफू कसरी अगाडि बढ्ने भन्ने सोचिरहेको बताईन । यता मन्जुले भने आफ्नो अजयसगँ कुनै पनि सम्बन्ध नरहेको बताएकी छिन । तर अन्जुले भने मन्जुले सम्बन्ध नभएको बताए पनि उनिहरु अझै बोल्ने गरेको बताईन ।

अन्जुले भने अब आफू अजयसग सम्बन्ध बिच्छेद गर्ने सोचमा रहेको बताईन । यता मन्जुले भने अजय र अन्जुको सम्बन्ध राम्रो नभएको भन्दै आफ्नो पनि श्रीमानसगँ राम्रो सम्बन्ध नभएकोले आफुहरु सगैँ गएको बताईन । अन्जुले आफ्नो श्रीमानलाई माया दिएर सहाल्न नसकेको उनको आरोप छ । साथै आफ्नो श्रीमानको कुनै वास्ता नगरी सधै पैसा मात्र भन्ने गरेको मन्जुले बताईन । अहिले आफुहरुले बिबाह गरे पछि अजयले पैसा दिदैन भनेर यो सब गरेको मन्जुले आरोप लगाएकी छिन ।

(भिडियो हेर्नुस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post