वास्तविक जीवनमा भुन्टी र मुकुली दिदी बहिनी रहेछन । आशा खड्काले ‘मुकुली’लाई दिईन्, यस्तो उपहार (भिडियो हेर्नुस)

लोकप्रिय सिरियल भुन्टीका एपिसोडहरु यतिबेला चर्चामा छन् । भुन्टीको कथा अनुसार कलाकार आशा खड्काले सिरियल भित्र निकै दुख पाउँछिन् ।

आफ्नो जीवनमा धेरै दुख पाईरहँदा भुन्टीलाई झनै दुख दिने पात्र हुन् मुकुली । मुकुली भुन्टीलाई देखि सक्दिनन् ।

भुन्टीको काममा अवरोध थाप्न मुकुली अनेक नराम्रा कामहरु गर्न अगाडि सर्छिन् तर वास्तविक जीवनमा भुन्टी र मुकुली अर्थात आशा खड्का र रिता सिवाकोटीको सम्बन्ध निकै नै सुमधुर छ ।कलाकारितामा सँघर्ष गरेको समयदेखिकै आशा र रिताको सम्बन्ध हो । कुनै समय ए ठाउँदेखि अर्को ठाउँ जान भाडा नहुँदा बस चढ्ने रहर हुन्थ्यो । 

समयमा अनेक अनुभव समेटियो । रातभरी सँगै बसेर रोएका क्षणहरु पनि छन् ।पछिल्लो समय रिता हस्पिटमा छटपटाईरहदा लकडाउनमा पनि टाढा बाट आएर आशा सँक्रमित रितालाई च्यापेर रोईन् ।यसरी हेर्दा दिदी बहिनीको सम्बन्ध कहिले नछुट्ने रिता बताउँछिन् ।

भिडियो हेर्नुस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post