काठमाडौंको नागार्जुनस्थित एक धामीको आश्रममा १४ वर्षीया किशोरीको ह’त्या भएको खबर बाहिरिएको छ। टाउको दुखेर फुक्न नागार्जुन १ पानी ट्यांकीस्थित धामीको आश्रममा गएकी
सिन्धुपाल्चोककी १४ वर्षीया किशोरी रोशनी श्रेष्ठको त्रिशूलले घोचेर ह’त्या भ’ए’को हो।
ह’त्या आरोपी धामी उमा ठकुरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दीनेशराज मैनालीले जानकारी दिए। मृतकका किशोरीका आफन्तका अनुसार किशोरीलाई उनकी आमाले गत पुस ३ गते धामी ठकुरीकहाँ छाडेर घर फर्किएकी थिइन्।
उनलाई टाउनको दुखिरहने समस्या थियो। छोरीको समस्या सुनिसकेपछि ठकुरीले आफूले सबै ठिक पार्ने भन्दै छोरीलाई छाडेर जान आग्रह गरेकी थिइन्।****भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोला***