सरको जिम्मा लगाएको कमला कसरि जंगलमा पुगिन : महिनावारि पनि ३ महिना रोकिएको थियो ,(हेर्नुहोस् भिडियो)

मोरङमा कमला आचार्य मृत्यु घटना रहस्यमय बन्दै गएको छ । उनलाई केही ब्यक्तिले रुखको फेदमा छटपटाउँदै गरेको अवस्थामा भेटेका थिए ।

उनी त्यसरी दुखमा हुँदा केहीले भने भिडियो बनाएर सामाजिक सञ्जालमा राखेपछि त्यो भिडियो भाइरल भएको हो । भिडियो निर्माण गर्दै गर्दा भिडियो पिछाडि हासेको र डोज नपुगेको भन्दै मजाक गरेको आवाज पनि सुन्न सकिन्छ ।

घरवाट मामा घर जान्छु भनेर हिडेकी छोरीको यस्तो भिडियो सार्वजनिक भएको देखेर परिवारका सदस्य भने अचम्ममा परेका छन् । उनका बुवा वैदेशिक रोजगारीमा छन् भने घरमा आमा वे होस जस्तै बनेकी छन् । जंगलमा त्यस्तो अवस्थामा फेला परेकी कमलालाई दाउरा घाँस गर्न गएकाहरुले पानी र फ्रुटी खुलाएका थिए ।

अहिले दुर्गा रिजाल आफ्ना केही प्रमाणसहित मिडियामा आएकि छिन् । दुर्गा जो कमलासगै सिचाइ तालिममा गएकि थिइन र नाताले दिदी पर्छिन् ।तालिममा गएकि कमलालाई अन्तिमपटक दिदी दुर्गाले त्यहिको सरसग छोडेकि थिइन । सरले कमलालाइ कहिलेकाही घरमा छोड्दिने पुर्याउने गर्थे र त्यो छुट्टिने दिन पनि सरसगै कमलालाई दुर्गाले छोडेकि थिइन । आफुलाई मिन्स भएको र आफ्नो पेट अत्याधिक दुख्ने कमलाले बताएपछि घरै जान्छु सरसग भनेसगै दुर्गाले कमलालाई बिदा गरेकि थिइन ।

झनझन रहस्यमय बन्दै गएको छ कि कमलाको मृ त्यु पछि पनि उनको फेसबुक एकाउन्ट खुलेको थियो र अनलाईन देखिएको थियो र उनको म्यासेज र पोस्ट पनि डिलिट गरिएको दिदी बताउँछिन् ।

आफुलाई गाह्रो भएको र मनलागेर यहासम्म आएको कमलाले रुदै बताएकि थिइन ।आफ्नो महिनावारि पनि तीन महिना रोकिएको र अहिले भएको उनले बताएकी थिइन् । त्यस्पश्चात आफुलाई अत्याधिक तिर्खा लागेको कमलाले बताइन। त्यस्पछि उनिलाई पानी र फ्रुटि ख्वाएको प्रत्यक्षदर्शी दिदिले बताइन ।आफू आन्टिसग बस्दै आएको घर तेह्रथुम भएको र कृषिमा अध्ययन गर्दै गरेको पनि उनले बताएकि थिइन। बारम्बार आफुलाई पि साब लागेको भनिरहेकी थिइन् ।

कमलालाई अन्ततः केही समय पश्चात् अस्पताल लगिएको थियो तर उनको दुखद नि धन भएको थियो । यशोबिचमा अहिले भने कमलाको मोबाइलको जाँच गर्दै गर्दा १३० पटकसम्म उनको फोनमा कल आएको भेटिएको छ । आखिर त्यो कमलाको अन्तिम घडिमा यसरी यति धेरै फोन गर्ने ती व्यक्ति को थिए अनुसन्धान भइरहेको छ ।

हेर्नुहोस् भिडियो)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post