टिकटकमा फलोअर्स बढाउन यी महिलाले पतिको मृ*त्युबारे फेक भिडिओ बनाएपछि…

काठमाडौँ। विश्वभर टिकटक एपको लोकप्रियता बढ्दो छ। टिकटकमा मानिसहरु आफ्नो फलोअर्स बढाउन अनेकौं तिकडमहरु आपनाउने गरेका छन्।

यसैबीच एक महिला टिकटकमा फलोअर्स बढाउन पतिको मृत्युबारे फेक भिडियो बनाएर पोष्ट गरेकी छिन्। पाकिस्तानकी एक महिलाले आफ्नो पतिको निधनबारे झुठो खबर फैलाइन् ।

उनको पति पनि एक टिकटक स्टार हुन्। खबर झुठो ठहरिएपछि मानिसहरूले उक्त महिलाविरुद्ध कारबाही गर्न माग गरेका छन्। उनको पतिको नाम आदिल राजपुत हो र उनको टिकटकमा २६ लाख फलोअर्सहरु रहेका छन्।

आदिल श्रीमतीको सहि नाम रुजू गर्न अहिलेसम्म नसकिएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन्। पाकिस्तानी मिडियाका अनुसार फराह राजपूत तथा हीना सलीमको रूपमा वर्णन गरिएको छ।

आदिल राजपूत रहीम यार खान पाकिस्तानको रशिदाबाद शहरमा बसोवास गर्छन्। आदिल टिकटकमा आफ्ना भिडियोका कारण निकै प्रख्यात छन्। मंगलवार बिहान आदिलका फ्यानहरूका लागि एउटा दुःखद् खबर अगाडि आयो ।

उनकी श्रीमतीले रोइरहेको एउटा भिडिओ सार्वजनिक गरिन्। जहाँ उनले आदिल एक कार दुर्घटनामा परि निधन भएको जानकारी दिएकी थिइन्।

उक्त भिडियो सोसल मिडियामा भाइरल भएपछि आदिलका प्रियजन र आफन्तहरु उनको घरमा समवेदना प्रकट गर्न जम्मासमेत भएका थिए ।

भिडिओ सोसल मिडियामा भाइरल भएको केहि घण्टापछि सो घटना झुठो भएको पुष्टि भयो । आदिलकी श्रीमतीले आफ्नो पतिको फलोअर्स बढाउन नाटक रचना गरेको बताइन्।महिलाको यस्तो इच्छा जुन हरेक पुरुषलाइ थाहा नहुन सक्छ,खुलेर व्यक्त हुँदैछ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post