सुर्खेतबाट आयो दुख लाग्दो खबर – एकै परीवारका चार जनाको मृ,त्यु (हेर्नुहोस् भिडियो)

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थिति बुदबुदीमा एकै परीवारका चार जनाको मृत्यु भएको छ । कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढाको मृत्यु भएको हो । कल्पाका श्रीमान् कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज कृष्णका दाईका छोरा हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंम प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार उनीहरु शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतेका थिए । ‘ हामीले शनिबार राति साढे सात बजेतिरमात्रै घटना बारे जानकारी पाएका थियौं,’उनले भने,‘ त्यसपछि प्रहरी घटनास्थलमा गयर अनुसन्धान गरेको थियो ।

घरका कल्पनाका ससुरा वीरबहादुर बुढा पनि थिए । तर उनी शनिबार विहानै वृद्धातिर गएको र बेलुका छ बजेतिर फर्केर आउँदा बुहारी र नातिहरुलाई नदेखेपछि खोजी गरेको थिए,’ वीरबहादुर बुढाको भनाई उदृत गर्दै डीएसपी घर्तीले रातोपाटीसँग भने,‘ वीरबहादुर त्यसपछि बुहारी र नातिहरु सुतिराखेको कोठामा गए । ढोका लगाएको भित्रबाट आवाज नआएपछि वीरबहादुरले प्रहरीलाई खबर गरेका थिए । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला****

Post a Comment

Previous Post Next Post