भर्खरै यसरी ४ जना साना बच्चाहरु एकैठाउबाट एकैचोटि हराए ,कठै ,रुवाबासि (हेर्नुस् भिडियो )

भक्तपुरमा दिउसै सुकुम्बासी बस्तिबाट ४ जना बच्चाहरु एकैचोटि हराएका छन् । उनिहरु हराएको २४ घण्टाभन्दा बढि भैसक्दा पनि काहीँ कतै फेला नपरिसकेपछि परिवारले विभिन्न शंका उपशंकाहरु गर्दै।

आफ्नो बच्चाले के खाए कहाँ गए कसरी बसे कस्ले लगे र काहा पुर्याइसके कि भन्ने पिरले परिवारलाई हदैसम्म पिरोलिरहेको छ ।भक्तपुर ठिमी र वरिपरि सारा खोज्दा पनि उनिहरु काहि कतै पनि फेला नपरेको चार परिवार ले बताउदै आएका छन् । हराउनेमा ७ बर्षदेखि १० बर्षका बच्चाहरु छन् । पुलिस प्रशासनलाई खबर गर्दा तपाईहरु पनि खोज्नुस् हामी पनि खोज्छौ भनेतापनि सक्रिय रुपमा नलागिदिएको पिडित पक्षको गुनासो छ ।

१५ बर्षिय त्यहि बस्तिका एक बालकले सबैलाई घुमाउन लग्ने भन्दै सबैलाई लिएर हिडेको र जादैगर्दा देख्ने प्रत्यक्षदर्शी पनि भएको पिडित पक्ष बताउँछ तर निश्चित तिनै बालकको ललाइ फकाइमा नै हिडेको भन्ने निश्चित ठोस प्रमाण छैन । ती हराएका बच्चाहरु तपाईं हाम्रो गाउघर छिमेक यात कतै पनि हुनसक्छन् यदि कसैले देखिहाले नजिकैको चौकिमा सम्पर्क गरिदिनुहुन पनि हामी बिनम्र अनुरोध गरौ ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post