दुखमा साथ दिएकी श्रीमती पोइला गएकै भएपनि फर्केर आउ भन्दै श्रीमान रुँदै मिडियामा (हेर्नुहोस् भिडियो)

मोरगंको उर्लावारी ४ का मोहन राजवंशी १२ वर्ष साउदीमा बसेर पसिना बगाए । उनी अव घरमै बस्ने र परिवारसंग समय विताउने योजननामा नेपाल फर्किए ।

विवाह भएको वर्षौ पछि वुढेसकालमा श्रीमती हराएपछि अहिले उनका श्रीमान रुँदै मिडियामा सार्वजनिक भएका छन् । उनले दुखमा साथ दिएकी श्रीमती पोइला गएकै भएपनि फर्केर आए आफुले स्वीकार गर्ने बताएका छन् ।

एक साता अघि विदेशवाट नेपाल आएका मोहनले अहिले पनि श्रीमतीलाई फर्केर आउन आग्रह गरेका छन् । उनीहरुका दुई छोरा र एक छोरी हुर्कीसकेका छन् ।दुई छोरा मध्य एक छोरा २२ र अर्का १४ वर्षका छन्, छोरी २४ वर्षकी भइसकिन् । उनीहरुको विवाह गर्नुपर्ने वेलामा श्रीमती जिवन परियारसंग हिडेपछि पुरुष अहिले रुँदै मिडियामा आएका छन् ।

जसका लागि दुख गर्न भन्दै विदेश गएका थिए उनै परिवारले वुढेसकालमा यस्तो धो का दिए प छि उनलाई वि ष खा उँ की भनने लाग्छ, उनले दुख मनाउ गर्दै भनेका छन् ।छोराछोरी घरमै हुँदा आमा हिडेकी हुन् । छोराछोरीले माघमा आमाको ब्यवहार देखेर शं का गरेका थिए ।

उनीहरुले आमालाई सोधे । एक जना साथीको बुवाले कान्छो छोरालाई बोलाएर आमाको बारेमा सुनाएका थिए । तेरो आमाले अर्कै पुरुषलाई भेट्ने गरेको हामीले देखेका छौं भनेर कान्छा छोरालाई सुनाइदिए, उनले आमालाई आएर सोधे आमाले छोराछोरीको कसम खाएर त्यस्तो होइन भनेपछि छोराछोरीलाई पनि विश्वास लागेको बताए ।

आमालाई गाउँलेले शंका गरेका पुरुष गाउँकै हुन् । बैंकको ब्यालेन्स सकेको र घरमा भएको गरगहना सबै लिएर गएको छोराछोरीले नै बताएका छन् । उनका श्रीमानले पनि अब उनी आफुसंग भन्दा अर्कैसंग खुसी हुने भए उतै जान भन्दै आफ्नो सम्पत्ती भने फिर्ता दिन आग्रह गरेका छन् । यदि श्रीमती फिर्ता आउन चाहे स्वीकार गर्ने पनि बताएका छन् ।

कहिले काँही त जिवन नै सकिदिउँ की जस्तो लाग्ष्छ, उनले भने १२ वर्ष विदेशमा बसेर कमाएको सम्पत्ती पनि छैन श्रीमती पनि छैनन् । १२ वर्ष विदेशमा बसेका श्रीमानले जव अब म घर आउँछु पैसा पठाउन सक्दिन भनेर खबर पठाएपछि श्रीमान घर आइपुग्नु पहिले नै श्रीमतीले घर छोडेकी छन् । उर्लावारी ४ आइतवारीका मोहनको यस्तो अवस्था भएको हो । उनको श्रीमती हराएको एक महिना हुन लागेको छ ।

दुखमा साथ दिएकी श्रीमती हो, घरमा पैसा नहुँदा कति दुख सहेकै हो तर अब घरमा भरीपुर्ण भएपछि किन ग ल्ती गरेर श्रीमती हिँडी, श्रमिानले के भन्ला भन्ने लागेको हो भने पनि म माफी दिएर स्वीकार गर्छु । समाजलाई पनि मैले नै सम्झाउँछु उनले आफ्नो पी डा पोख्दै सुनाए । उनले दुखमा साथ दिएकी श्रीमतीको साथ खोजेको बताए।

भिडियो हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post