घर मर्मत गर्न आएका मिस्त्रीसँग घरका दुबै बुहारी यसरी फसे

भन्छन्, प्रेम अन्धो हुन्छ । मायाको नदीमा डुब्दा मानिसहरु त्यसको गहिराइको वास्ता गर्दैन । भनिन्छ, मायाको कुनै सिमा र उमेर हुदैन । जात, धर्म, धनि, गरिब सबै बिर्सेर मानिसहरु मायामा मात्र पर्छन् । 

यस्तै एक रोचक प्रेम भारतमा देखा परेको छ । भारत, पश्चिम बङ्गालको हावडाबाट एउटा यस्तो घटना बाहिर आएको छ, जुन सुनेर तपाई छक्क पर्नुहुनेछ ।

घरमा आएका दुई जना मिस्त्रीसँग दुई महिलाको प्रेम महंगो पर्न गएको हो । सो घरका दुई महिलासँग मिस्त्रीहरुको प्रेम यति बढ्यो कि उनीहरु भागेका छन् । पश्चिम बङ्गालको यो घटना सुन्दा मिस्त्रीको मायामा परेका घरका महिलाहरु देखेर सबै चकित छन् ।

वास्तवमा, स्थानीय सञ्चारमाध्यमहरुका अनुसार हावडाको निश्चिन्दा प्रहरी चौकी क्षेत्रका दुई राजमिस्त्री मर्मतको कामको लागि एउटा घर पुगेका थिए । त्यहाँ काम गर्दागर्दै घरका दुई बुहारीसँग उनीहरुको कुरा हुन थाल्यो । कुराकानी बिस्तारै मित्रतामा परिणत भयो । उनीहरुको मित्रता बढेर प्रेममा परिणत भयो । उनीहरुको प्रेम यतिसम्म बढ्यो कि उनीहरु मिस्त्रीसँगै भाग्न पनि तयार भएका हुन् ।

उनीहरु भागेर घरबाट मुम्बई आइपुगेका छन् । अब जेठी र कान्छी बुहारी घरबाट भागेपछि प्रकरण प्रहरीमा पुगेको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post